उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन « Khabarhub

उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वसन्तपुर दरबार क्षेत्रमा आज काठमाडौँ उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन गरिएको छ । कुल ३६ कलाकारले क्यान्भासमा उतारेका सृजनाले वसन्तपुर आएका पर्यटक तथा अन्य सहभागी लोभिए ।

उनीहरुले रुचिपूर्वक चित्र अवलोकन गरे । मुख्यगरी काठमाडौँको दरबार क्षेत्र र आसपासका मन्दिर, स्वयम्भू, पशुपतिनाथलगायतका पुरातात्विक एबं मौलिक पहिचान बोकेका सृजना प्रदर्शनी गरिएको थियो । काठमाडौँको रहनसहनलाई पनि कलाकारले चित्रमा उतारेका थिए ।

कला कार्यशाला तथा प्रदर्शनीका संयोजक कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवद्र्धनका लागि प्रदर्शनी गरिएको बताए ।

नेपाल सम्वतका अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सामन्य प्रदर्शनी भएका कला सृजनामध्ये अधिकांश बिक्री पनि भएको उनले बताए । यहाँ राखिएका सृजना कम्तीमा रु १० हजारदेखि रु ५० हजारसम्ममा बिक्री भएको उनको भनाइ छ । प्रदर्शनीको केही घण्टामै सृजना बिक्री हुँदा आफूहरु निक्कै खुसी भएको कलाकार दीपेन्द्रमान बनेपालीले बताए ।

प्रदर्शनीमा अग्रज कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले अर्धअमूर्त चित्र बनाउनुभएको थियो । केही कलाकारले अमूर्त र केही कलाकारले दृष्यचित्रसमेत उतारेका थिए । अधिकांश सृजनामा उपत्यका र आसपासका दृष्य कैद भएको थियो । जलरङ, एक्रेलिकलगायत विभिन्न माध्यमको प्रयोग गरी सृजना गरिएका चित्रले नेपालको मौलिक पहिचान प्रस्तुत गरेको कलाकार डिबी राइले बताए ।

प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, पूर्वकुलपति कान्छाकुमार कर्माचार्य कलाकार एनवी गुरुङ, भीम श्रेष्ठ, डिबी राई, दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, राकेश श्रेष्ठ, उत्तम डङ्गोल, विजय थापा, सुष्माराज भण्डारी, धनु याख्खा, विपना महर्जनलगायत ३६ कलाकारका सृजना प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : ५५ बजे

संसदमा एमालेको प्रश्न : ‘कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन ?’

काठमाडौँ– विपक्षी दल नेकपा एमालेले मुलुकमा कतै बालेन तन्त्र हावी

आफैँले बनाएको नियमावलीलाई लत्याउँदै संसद्‍मा विपक्षीको विरोध

काठमाडौँ– संसद्‍मा विपक्षी दलहरूले नियममा नै नभएको विषयलाई लिएर सदनमा

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री सदनमा उपस्थित

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा