विद्यापतिको योगदान अतुलनीय छ : नेता निधि « Khabarhub

विद्यापतिको योगदान अतुलनीय छ : नेता निधि


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मैथिली साहित्यका महाकवि विद्यापतिले आफ्ना रचनामार्फत लोकहित तथा सामावेशिताका क्षेत्रमा समेत अतुलनीय योगदान पुर्‍याएको बताएका छन् ।

विद्यापति स्मारक संरक्षण समितिले आज जनकपुरधाममा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व २०८०’ कार्यक्रममा नेता निधिले महाकवि विद्यापतिले तत्कालीन अवस्थामा पनि मैथिली भाषा, साहित्यको माध्यमबाट लोकतन्त्र, जनहित, सामाजिक विभेद तथा कुरितीविरुद्ध सशक्त आवाज उठाएको इतिहास स्मरण गरे ।

कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मैथिली भाषालाई साहित्य रचनामार्फत जनजनसँग जोड्न खेलेको भूमिकाका कारण विद्यापतिलाई अहिलेसम्म पनि देवतुल्य व्यक्तिका रूपमा सबैले श्रद्धा गर्ने गरेको बताए।

त्यस्तै जनपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले मिथिलाञ्जलको लोक–व्यवहारलाई साहित्यिक रचनामार्फत थप समृद्ध बनाउन र तत्कालीन समयमा नागरिक सम्बन्धलाई जोड्न विद्यापतिले खेलेको भूमिका स्तुत्य रहेको धारणा राखे ।

संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीले महाकवि विद्यापतिको योगदानलाई अहिलेको पुस्तासम्म पुर्याउन बृहत् कार्यक्रम र जनकपुरमा विद्यापति पुस्तकालय स्थापना गर्न जरुरी रहेकाले सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे ।

सो अवसरमा नेपाली भाषाको माध्यमबाट मधेसका समसामयिक विषयमा समाचार सम्प्रेषण गर्न भूमिका खेलेको भन्दै राष्ट्रिय समाचार समिति मधेस प्रदेश प्रमुख टीकाराम सुनार र रेडियो नेपालका संवाददाता अजयकुमार झालाई सम्मान गरिएको थियो ।

मैथिली साहित्यमा चौधौँ शताब्दीको सङ्घर्षपूर्ण समयमा जन्मिनुभएका विद्यापतिले रचना गर्नुभएका पुरुष परीक्षा, भूपरिक्रमा, किर्तीकला, लेखनावली, गङ्गावाक्यावली, दानवाक्यावली, गयापतालकलगायत ग्रन्थहरू चर्चित छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ०२ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर