विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

आज मंसिर ९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

यूरोपमा वायु प्रदूषणको मात्र उच्च

हाल यूरोपमा सबैभन्दा महत्वपूर्ण वातावरणीय स्वास्थ्य जोखिम वायु प्रदूषणको रहेको यूरोपेली सङ्घ (ईयू) वातावरणसम्बन्धी निकायलेजनाएको छ ।

‘सन् २०२१ मा वायु प्रदूषक सान्द्रता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)द्वारा यसको वायुको शुद्धतासम्बन्धी दिशानिर्देशमा सिफारिस गरिएको स्तरभन्दा बढी रहेको छ’, युरोपेली वातावरण निकाय (ईईए)ले प्रकाशित एक रिपोर्टमा भनेको छ, ‘यी दिशानिर्देश स्तरहरूमा वायु प्रदूषण कम गरिएमा ईयू सदस्य राष्ट्रहरूमा उल्लेखनीय सङ्ख्यामा हुने मृत्युहरू रोक्न सकिन्छ ।’

सन् २०२१ मा युरोपेली सङ्घमा तीन लाख २० हजारभन्दा बढीको मृत्यु तीन मुख्य वायु प्रदूषक सूक्ष्म कण (फइन पार्टिकुलेट म्याटर, ओजोन र नाइट्रोजन डाइअक्साइड)सँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।

डब्ल्यूएचओको सिफारिसअनुसार ‘फाइन पार्टिकुलेट म्याटर (पीएम २.५) को सान्द्रता भएको भए ईयूमा करिब दुई लाख ५३ हजार मानिसको मृत्यु हुनबाट जोगिन सकिन्थ्यो । यसैबीच नाइट्रोजन डाइअक्साइडबाट हुने प्रदूषणका कारण ५२ हजारको मृत्यु भएको थियो भने अल्पकालीन ओजोनको उपस्थितिको जोखिमका कारण २२ हजार जनाको मृत्यु भएको थियो ।

ईयूबाहिरका युरोपेली देशहरूको ठूलो समूहलाई समावेश गर्दा युरोपभरि प्रदूषक–सम्बन्धित मृत्युको सङ्ख्या ३८९ हजार पुगेको रिपोर्टमा उल्लेख गरिएको छ ।

मानव वायु प्रदूषणको सम्पर्कमा आउँदा फोक्सोको क्यान्सर, मुटुरोग, दम र मधुमेहजस्ता केही रोगहरूको जोखिम बढ्ने ईईएको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

चीनमा ५ देशका नागरिकले बिना भिसा प्रवेश पाउने

चीनले ५ देशका नागरिकका लागि बिना भिसा प्रवेशको व्यवस्था गरेको छ । चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्स, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्मका लागि बिना भिसा प्रवेशको व्यवस्था मिलाएको हो ।

‘चीनले पाँच देशका नागिरकलाइ भिसा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको विदेश मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार डिसेम्बर देखि ३० नोभेम्बर २०२४ सम्म यी देशका साधारण राहदानी धारकहरूले १५ दिनसम्म भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न सक्छन् ।

चीनको उच्च गुणस्तरीय विकास र खुलापनको प्रवर्द्धनका लागि मद्दत गर्न यस्तो व्यवस्था गरिएको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन् ।

हाल अधिकांश यात्रुहरूलाई चीन प्रवेश गर्न भिसा चाहिन्छ । तर, छुटका दुर्लभ उदाहरणहरूमा सिंगापुर र ब्रुनाईका नागरिकहरू समावेश छन्, जो व्यापार, पर्यटन, पारिवारिक भ्रमण र ट्रान्जिटको लागि १५ दिन भन्दा बढीको लागि बिना भिसा चीनमा प्रवेश गर्न पाउँछन् ।

मार्चमा मात्रै चीनले फेरि सबै प्रकारका भिसा जारी गर्न थालेको थियो । मार्च २०२० मा चीनले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै कडा यात्रा प्रतिबन्ध लगाएको थियो ।

गाजाबाट १२ थाई बन्धक रिहा : थाई प्रधानमन्त्री

गाजा पट्टीमा बन्धक बनाइएका १२ जना थाई नागरिकलाई रिहा गरिएको थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले शुक्रबार बताएका छन् । थाई दूतावासका अधिकारी रिहा गरिएका बन्धकहरूलाई लिनको लागि बाटोमा रहेको प्रधानमन्त्री श्रेथा थाभिसिनल सामाजिक सञ्जाल पोस्टमार्फत उल्लेख गरेका छन् ।

बन्धकहरू इजरायल प्रवेश गरेको तथा उनीहरुलाई हाल हात्जेरिम एयर फोर्स बेसमा प्रशोधन केन्द्रमा लगिएको थाई विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत बताएका छन् ।

रिहा गरिएका बन्धकहरूलाई उनीहरूको मेडिकल सुविधामा आइपुगेपछि सहयोग गरिनेछ जहाँ उनीहरूलाई ४८ घण्टाको मेडिकल सुपरिवेक्षणमा राखिनेछ र बाहिरका मानिसहरूको पहुँच हुनेछैन, विज्ञप्तिमा भनिएको छ ।

हमास र इजरायलले यस हप्ताको सुरुमा गाजापट्टीमा चार दिनको युद्धबिराममा सहमति जनाएका थिए । सम्झौता अन्तर्गत हमासले इजरायलमा बन्दी रहेका एक सय ५० प्यालेस्टिनी बन्दीहरूको बदलामा गाजाबाट कम्तीमा ५० जना बन्धकहरूलाई रिहा गर्ने छ ।

पकिस्तानको कराँचीमा आगलागी हुँदा १० जनाको मृत्यु

पकिस्तानको कराँची सहरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कराँची सहरको एउटा किनमेल केन्द्रमा भएको आगलागीमा परी अरु २२ जना घाइते भएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ ।

स्थानीय आरजे सपिङ मलमा भएको आगलागीमा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीमा परी मृत्यु भएका १० जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको कराँचीका मेयर मुर्तजा वहाब सिद्धिकीले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन् ।

आगलागी हुनुको कारण स्पष्ट भइसकेको छैन ।

चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने

चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया) बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिने भएका हुन् ।

कोरियाको बुसानमा नोभेम्बर २६ देखि शुरु हुने सो बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार जानकारी दिएकी छिन् ।

हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची सार्वजनिक

इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतंकवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ।

अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो। इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ। इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी गराएका छन्’ (इजरायली सरकारले जनाएको छ । उनीहरू बाहेक अन्य पाँच इजरायली नागरिक अदिना मोशे (७२), हाना कात्जिर (७६), मार्गालिट मोजेस (७७), हन्ना पेरी (७९) र याफे अदार (८५) लाई पनि कैदबाट रिहाइ गरिएको थियो।

रिहाइ गरिएका बन्धकहरूलाई आफ्ना आफन्तकहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि शुक्रबार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समितिका कर्मचारीहरूलाई सुम्पिएको इजरायलको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रबार बिहान ७ बजेबाट लागू भएको थियो ।

हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ

अवैधानिक हिसाबमा सहर पसेको आरोपमा हङकङमा ४ जना संदिग्ध पाकिस्तानी नागरिक पक्राउ परेका छन् । शेक ओ क्षेत्रमा बस चढेको अवस्थामा चार जनालाई पक्राउ गरिएको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

सोही बसमा चढेका अन्य चार जनालाई प्रहरीले खोजिरहेको छ । प्रहरी आउनुअघि नै उनीहरु फरार भएका थिए ।

बस चढेका गैरचिनियाँहरुको समूह अवैधानिक रुपमा सहर छिरेको आशंकामा स्थानीयले प्रहरलिाई खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो । पक्राउ परेकाहरुबाट प्रहरीले पाकिस्तानी राहदानी बरामद गरेको थियो । पक्राउ परेकाहरु उनीहरु २२ देखि २४ वर्ष उमेर समूहका रहेको जनाइएको छ ।

यस वर्षको १० वर्षमा मात्रै हङकङमा करिब १ हजार विदेशी नागरिकलाई अवैधानिक रुपमा सहर प्रवेश गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमध्ये अधिकांश पाकिस्तानी, बंगलादेशी र भियतनामी रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : २७ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको