सडक निर्माणमा भएको खर्चले प्रतिफल दिएन : मुख्यमन्त्री पाण्डे « Khabarhub

सडक निर्माणमा भएको खर्चले प्रतिफल दिएन : मुख्यमन्त्री पाण्डे


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक पूर्वाधार निर्माणमा गरिएको खर्चले आवश्यक प्रतिफल प्राप्त हुन नसकेको बताएका छन् । उनले घरघरमा बाटो लैजाने योजना कार्यक्रमले निर्दिष्ट लक्ष्य हासिल नहुने भएकाले बस्ती विकासको योजना आवश्यक भएको उल्लेख गरे।

प्रदेश नीति तथा योजना आयोगले आज पोखरामा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा तथा आयोजना बैंक सञ्चालनसम्बन्धी अन्तक्र्रियाका क्रममा उनले अहिलेको विकासको योजनाले लक्ष्यअनुसारको उपलब्धि हासिल गर्ने अवस्था नरहेको उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले भने, ‘बीस घरमा बाटो लैजान रु २० करोड लगानी गर्दासमेत पक्की हुने अवस्था छैन । बस्ती विकासबारे दोस्रो पञ्चवर्षीय योजनामा पुनःविचार गर्नुपर्दछ, त्यसमा गृहकार्य भएको छ । अब घरमा बाटो लैजाने कि बाटोमा घर ल्याउने त्यो बारेमा बहस जरुरी छ । यस्तै किसिमबाट घरघरमा बाटो लैजाने मोडालिटी लिने हो भने अर्बौँ खर्च गरे पनि बाटो बनाउन सक्दैनौँ ।’

मुख्यमन्त्री पाण्डेले गाउँबाट सहर झर्ने र सहरबाट विदेश पलायनको मानसिकता र प्रवृत्ति बढिरहेकाले बसाइँसराइ रोक्ने कार्यक्रमलाई दोस्रो पञ्चवर्षीय योजनामा पहिलो प्राथकितामा राख्न आग्रह गरे । प्रदेशलाई आवश्यकभन्दा बढी संरचना समायोजना गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

‘हाम्रो प्रदेशलाई आवश्यकताभन्दा बढी संरचना जसले पाँच वर्ष खासै काम गर्न सकेनन् । त्यसलाई समायोजन गर्ने र प्रदेश सरकारपछिका नयाँ संरचना र पहिला भएका संरचना कमभन्दा कम बनाउँदै काम गर्ने कसरी बनाउने पञ्चवर्षीय योजनामा हुनुपर्दछ’, मुख्यमन्त्री पाण्डेले भने । जनताको अहिले पनि सडक, सिँचाइलगायतको माग बढी हुने भएकाले योजनामा त्यस्ता कार्यक्रमलाई समावेश गर्नु चुनौतीपूर्ण रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ४० बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत