विष्णु सापकोटाको ‘अडिएका पाइला’ सार्वजनिक « Khabarhub

विष्णु सापकोटाको ‘अडिएका पाइला’ सार्वजनिक


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण भएको छ। काठमाडौंको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा लेखक मञ्जुश्री थापा र लेखक विष्णु सापकोटाले पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा लेखक तथा अनुवादक मञ्जुश्री थापाले पुस्तकमा बौद्धिक तहका युवाहरूको एउटा जेनरेसनको चित्रण रहेको बताइन्। सापकोटाले यति सुन्दर उपन्यास ल्याएकामा उनले बधाईसमेत दिइन्।

‘विश्लेषणात्मक विचार लेख्नुहुने विष्णुजीले किन उपन्यास लेख्नुभयो भनेर ममा प्रश्न उब्जिएको थियो, उपन्यासकै विषयवस्तु गैरआख्यान विधामा पनि लेख्न मिल्थ्यो,’ लेखक मञ्जुश्रीले भनिन्, ‘पढ्दै गर्दा थाहा पाएँ, उपन्यासको विषय भावना हो, हरेक पात्रको भित्री संसार खुलाएर, नजिकबाट लेख्न मिल्छ। उहाँले प्रेममा हुने भावनात्मक गल्तीलाई नजिकबाट यस उपन्यासमा दर्साउनुभएको छ।’

पुस्तकमा त्रिभुवन विश्वविद्यालयको आन्तरिक वातावरणको राम्ररी चित्रण गरिएको छ। ‘यो क्याम्पस नोबेल हो, यो एउटा प्रेम कथा हो। यो उत्तरद्वन्द्वकथा हो, यस उपन्यासमा क्रान्तिपछिको युवापुस्ताले खोजेको परिवर्तन र उनीहरूमा रहेको दुविधाको राम्ररी चित्रण गरिएको छ,’ थापाले भनिन्, ‘हाम्रो समाज कति तरल छ भनेर त्रिभुवन विश्वविद्यालयका माध्यमबाट देखाइएको छ। म आफू त्रिभुवन विश्वविद्यालय नपढेकी हुनाले पुस्तकमा उल्लेख गरिएका विषयवस्तुले मलाई अति नै छोए। चासोपूर्वक पढें।’

पुस्तकमा पात्रहरू एकै उमेरका रहेको र जसले के गर्दा ठीक, के नगर्दा ठीक भन्ने उमेरका युवाहरूको चित्रण गर्ने उनको भनाइ छ। पुस्तकबारे लेखक नारायण वाग्लेले यस उपन्यासमा प्रेममा राजनीति र राजनीतिमा प्रेमको चित्रण भएको बताए। उपन्यासको पाण्डुलिपिसमेत पढेका लेखक वाग्लेले भनेका छन्, ‘पात्रहरू सबै एउटै तरिकाले बोल्छन् भन्नु यो उपन्यासको एउटा आलोच्य पक्ष होला, तर यो कथाको यो पनि एउटा शैली सावित हुन पुग्नेछ। यसमा कीर्तिपुरको गजब चित्रण छ, जो भोगेर मात्र लेख्न सकिन्छ।’

अडिएका पाइलाका लेखक विष्णु सापकोटा आजबाट उपन्यासका पात्रलाई बिदाई गरेको भन्दै भावुक भए। ‘मैले उपन्यास लेख्नुपर्ने भएर लेखेको हुँ,’ सापकोटाले भने, ‘मैले सपनामा एक चिज देखें, त्यो चित्र मलाई बारम्बार स्मरणमा आइरह्यो। कथा घट्यो अनि उपन्यास लेखें। लेख्न बसौं भनेर उपन्यास लेखेको हैन।’

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ५७ बजे

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम– मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी