बाँकेमा किसानको धान खरिद गर्न सुरु « Khabarhub

बाँकेमा किसानको धान खरिद गर्न सुरु


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

बाँके– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले किसानले उत्पादन गरेको धान खरिद सुरु गरेको छ । कम्पनीको प्राङ्गणमा आज धान बिक्री गर्न आउनुभएका पहिलो किसान बाँके जानकी गाउँपालिका–५ का रुपबहादुर कार्कीलाई अबिर र फूलमालाले स्वागत गरेर धान खरिद सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए ।

प्रमुख लामिछानेका अनुसार पालिकाको सिफारिस लिएर आउनुभएका किसानको धान परीक्षण गरेर एकजना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न सुरु गरिएको छ । आज दिनभर छ जनाले दुई सय ३० क्विन्टल धान खरिद गरेका छन् । यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ । ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गर्न लागिएको कार्यालयले जनाएको छ ।

प्रमुख लामिछानेले भने, ‘पालिकाको सिफारिस लिएर आउने किसानलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउँछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर किसानले दुःख पाउने अवस्था हुनेछैन ।’ गैरकिसानले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर आउन अनिवार्य गरिएको छ ।

कम्पनीले सरकारले निर्धारण गरेको मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ६२ मा धान खरिद गरेको हो ।

यस वर्ष तोकिएको ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने कम्पनीले जनाएको छ । गत वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको कम्पनीले विभिन्न कारण र समस्याले गर्दा नौ हजार क्विन्टलमात्रै खरिद गर्न सकेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १० : १८ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक