घटेन असुरक्षित गर्भपतनको समस्या | Khabarhub Khabarhub

घटेन असुरक्षित गर्भपतनको समस्या

महिलामा किन बढ्दै छ बाँझोपन ?


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

महिलाको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरको संक्रमण, बाँझोपन जस्ता समस्या बढ्दै गएको देखिएको छ। सहरी क्षेत्रका महिलाले नियमित रुपमा आफ्नो चेकजाँच गराइरहेका हुन्छन्। उनीहरु आफ्नो समस्या खुलेर राख्न सक्छन् र उपचार पनि समयमै हुन्छ। तर ग्रामीण भेगका महिला आफ्नो समस्या राख्न सक्दैनन्। जसका कारण उपचारमा ढिलो हुन्छ र कतिपय महिलाको ज्यान पनि जाने गरेको चिकित्सकको भनाइ छ। महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या के के हुन् ? यस्ता समस्याबाट बच्न के गर्ने ? भन्ने विषयमा महिला रोग विशेषज्ञ एवम् सहारा एनिमल केयर विराटनगरकी संस्थापक डा. रश्मी थापासँग खबरहबका लागि पवन भुडभरीले गरेको गरिएको कुराकानीको सम्पादित अंशः

महिलामा देखिने प्रमुख स्वास्थ्य समस्याहरु के के हुन् ?
महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरको संक्रमण, बाँझोपन महिलाको स्वास्थ्यमा देखिने प्रमुख समस्या हुन्।

कुन उमेरमा कस्ता समस्या देखिन्छन् ?
१२-१३ वर्षको उमेरदेखि २० वर्षको उमेरसम्मका महिला, जसको भर्खरै महिनावारी सुरु भएको हुन्छ, उनीहरुमा महिनावारीमा गडबडीको समस्या हुन्छ। कसैलाई महिनावारी समयमा नहुने, रगत धेरै जाने जस्ता समस्या देखिने गर्दछन्। २० देखि ४५ वर्षका महिलामा महिनावारीको समस्यासँगै योनी, पाठेघरको संक्रमण र बाँझोपनको समस्या धेरै देखिन्छ। ४५ वर्षदेखि माथिको उमेरका महिलामा योनी तथा पाठेघरको संक्रमण, पाठेघर खस्ने, पिसाब चुहिने साथै पाठेघरको क्यान्सर पनि एकदमै धेरै देखिने गरेको छ।

कसैलाई महिनावारी समयमा नहुने, रगत धेरै जाने जस्ता समस्या देखिने गर्दछन्। २० देखि ४५ वर्षका महिलामा महिनावारीको समस्यासँगै योनी, पाठेघरको संक्रमण र बाँझोपनको समस्या धेरै देखिन्छ।

के कारण यस्ता समस्या आउँछन् ?
१२-१३ वर्षको उमेरदेखि २० वर्षको उमेरसम्मका महिला, जसको भर्खरै महिनावारी सुरु भएको हुन्छ, उनीहरुमा डिम्बाशयको विकास राम्रोसँग भएको हुँदैन। जसका कारण महिनावारीमा गडबडी हुन्छ। २० देखि ४५ वर्षका महिलाको पाठेघरमा ऐंजेरु पलाएर, संक्रमण भएर यस्ता समस्या देखिन्छन्। ४५ वर्ष भन्दा माथिका महिलामा धेरै बच्चा जन्माउने, घरमै बच्चा जन्माउने जस्ता कारणले यस्ता समस्या देखिन्छन्।

यौनजन्य विषयमा देखिने स्वास्थ्य समस्याका विषयमा खुलेर कुरा गर्न कत्तिको अप्ठेरो मान्ने गरेको पाउनुभएको छ ?
सहरी क्षेत्रका महिलारुले नियमित रुपमा आफ्नो चेकजाँच गराइरहेका हुन्छन्। उनीहरु आफ्नो समस्या खुलेर राख्न सक्छन् र उपचार पनि समयमै हुन्छ। म काम गर्ने विराटनगरमा हो। यहाँ आउने बिरामी गाउँतिरबाट आएका हुन्छन्। उनीहरु खुलेर आफ्नो समस्या राख्न सक्दैनन्। जसका कारण उपचारमा ढिलो हुन्छ। आफ्नो समस्या नभनेकै कारण कतिपय महिलाको ज्यान पनि जाने गरेको छ।

नचाहँदा नचाहँदै पनि छोरा नजन्मिएसम्म गर्भवती भइरहने, छोरा छोरी छुट्याएर गर्भपतन गराउने महिलाहरुको संख्या धेरै छ। कति महिलाहरु त गाउँमै असुरक्षित गर्भपतन गराएर समस्या भएपछि अस्पताल आउने गरेका छन्। कतिपयले त ज्यान समेत गुमाएका केशहरु आउने गरेका छन्।

तपाईं कहाँ कस्ता कस्ता समस्या भएका महिला आउने गरेका छन् ?
बाँझोपन, गर्भपतनको समस्या लिएर धेरै महिला आउने गरेका छन्। मान्छेहरु जति नै शिक्षित भए पनि हाम्रो समाजमा अझै पनि छोरा नै चाहिन्छ भन्ने धारणा छ। नचाहँदा नचाहँदै पनि छोरा नजन्मिएसम्म गर्भवती भइरहने, छोरा छोरी छुट्याएर गर्भपतन गराउने महिलाहरुको संख्या धेरै छ। कति महिलाहरु त गाउँमै असुरक्षित गर्भपतन गराएर समस्या भएपछि अस्पताल आउने गरेका छन्। कतिपयले त ज्यान समेत गुमाएका केशहरु आउने गरेका छन्। त्यस्तै अहिले खानपान र जीवनशैलीका कारण युवा अवस्थामै बाँझोपनको समस्या लिएर पनि धेरै आउने गरेका छन्।

यस्ता समस्याबाट बच्न के गर्ने ?
सबैभन्दा पहिले त यसबारेमा सचेतना आवश्यक छ। जस्तै किशोरावस्थादेखि प्रजनन स्वास्थ्यबारे विद्यालयमा पढाई हुनुपर्यो। कुन उमेरमा बच्चा जन्माउने, कतिकति समयमा प्रजनन् अंगहरुको चेकजाँच गर्ने भन्ने विषयमा जानकारी हुनुपर्छ। ग्रामीण भेगहरुमा स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने, समान्य समस्या देखिने बित्तिकै उपचार सुरु गर्यौं भने यस्ता समस्याबाट बच्न सकिन्छ।

यहाँको सुझाव के छ ?
गाउँ, सहर, शिक्षित अशिक्षित जे भए पनि महिलाहरु घर, जागिर बच्चासँग व्यस्त हुन्छन्। उनीहरुलाई आफ्नो स्वास्थ्यको विषयमा चिन्ता गर्ने समय नै हुँदैन। अन्य काम सँगसँगै आफ्नो स्वास्थ्यको हेरचाह गर्नु महिलाको लागि एकदमै आवश्यक छ भन्न चाहन्छु।

महिला रोग विशेषज्ञ एवं सहारा एनिमल केयर विराटनगरकी संस्थापक डा. रश्मी थापासँगको कुराकानी :

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : ०० बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले