किन मनाइन्छ क्रिसमस ? « Khabarhub

किन मनाइन्छ क्रिसमस ?


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

क्रिश्चियन धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ आज मनाइँदै छ । हरेक वर्ष अंग्रेजी क्यालेण्डर अनुसार २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् ।

यस दिन उपहारहरू साटासाट गरिँदै, क्रिसमस रूख सिँगार्दै, भोज आयोजना गरी गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ ।

क्रिसमस सुरु हुनु केही दिनअघि देखिनै विभिन्न किसिमका गिफ्ट तथा क्रिसमस ट्रीहरु सजाएर राख्ने गरिएको पाइन्छ ।

क्रिसमस विश्वभरका इसाई धर्मावलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने एक पर्व हो । क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि सुरुवात हुन्छ ।

क्रिसमसको कथा
आजभन्दा करिब २ हजार वर्षअघि बाइबलमा उल्लेख भए अनुसार रोम शासन थियो । रोमको शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।

जिससको जन्म हुने दिन म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए । त्यसबेला बेथलेहम निकै भिड भएको कारणले उनीहरूले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यहीँ जिससको जन्म भयो त्यो दिन थियो २५ डिसेम्बर । यही कथालाई आधार मानेर ‘क्रिसमस डे’ मनाइन्छ ।

यस दिन घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्री, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्ठभूमिमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

क्रिसमस ट्रीको महत्व
यस पर्वमा क्रिसमस ट्रीको विशेष महत्व छ । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यस बेला मेला नामको रूख सजाएर जाडो पर्व मनाइन्थ्यो ।

एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए । यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् ।

 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : १० बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान