नवलपुरको खहरे जङ्गलमा सासूबुहारी मृत फेला « Khabarhub

नवलपुरको खहरे जङ्गलमा सासूबुहारी मृत फेला


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी पूर्व (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका– १ मा रहेको खहरे जङ्गलमा दुई महिलाको शव फेला परेको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलले जानकारी दिए । मृतकहरू सासूबुहारी हुन् ।

प्रनाउ पौडेलले स्थानीय खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरूको शव भेटिएको बताए ।

उनले हराएको मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जङ्गलमा खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटिएको बताए ।

डीएसपी पौडेलकाअनुसार विष्णुको बायाँ कम्पारो र मनादेवीको बायाँपट्टि पछाडिको भागमा चोट लागेको अवस्थामा शव भेटिएको थियो ।

शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा मृत्युको कारण पुष्टि हुने उनको भनाइ छ ।

 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ९ : ५१ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५