प्रधानमन्त्री कप महिला टी–२० : मधेस प्रदेशको पहिलो जित « Khabarhub

प्रधानमन्त्री कप महिला टी–२० : मधेस प्रदेशको पहिलो जित


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेसले पहिलो जित दर्ता गरेको हो ।

मधेसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभर ४ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । गण्डकीका सुमन खतिवडाले सर्वाधिक ४२ रन जोडिन् । यस्तै, सृष्टि जैसीले १५ रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

मधेसकी पूजा महतोले तीन तथा सरस्वतीकुमारी चौधरी, कविता गौतम र साक्षी यादवले एक–एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो । मधेसकी पूजा महतोले ३८, सरस्वतीकुमारी चौधरीले २६ तथा प्रतिमा साहले १० रन बनाए ।

गण्डकीकी सुमन खतिवडाले तीन तथा कुसुम गोदार र सृष्टि जैसीले एक–एक विकेट लिए ।

यो जितसँगै मधेसले ४ खेलबाट दुई अंक जोडेको छ भने गण्डकीको पनि दुई अंक नै रहेको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १ : १५ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको