प्रधानमन्त्री कप महिला टी–२० : मधेस प्रदेशको पहिलो जित | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला टी–२० : मधेस प्रदेशको पहिलो जित


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेसले पहिलो जित दर्ता गरेको हो ।

मधेसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभर ४ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । गण्डकीका सुमन खतिवडाले सर्वाधिक ४२ रन जोडिन् । यस्तै, सृष्टि जैसीले १५ रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

मधेसकी पूजा महतोले तीन तथा सरस्वतीकुमारी चौधरी, कविता गौतम र साक्षी यादवले एक–एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो । मधेसकी पूजा महतोले ३८, सरस्वतीकुमारी चौधरीले २६ तथा प्रतिमा साहले १० रन बनाए ।

गण्डकीकी सुमन खतिवडाले तीन तथा कुसुम गोदार र सृष्टि जैसीले एक–एक विकेट लिए ।

यो जितसँगै मधेसले ४ खेलबाट दुई अंक जोडेको छ भने गण्डकीको पनि दुई अंक नै रहेको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १ : १५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग