युद्धको छायाँमा क्रिसमस उत्सव « Khabarhub

युद्धको छायाँमा क्रिसमस उत्सव


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बेथलेहेम हमासविरुद्ध इजरायलको युद्ध र रूसले युक्रेनमाथि गरेको आक्रमणले विश्वभरका क्रिश्चियन धर्मावलम्बीद्वारा मनाइने रमाइलो क्रिसमस उत्सव सुरु भएको छ । 

विश्वले युद्धका कारण महङ्गी र कहर खपिरहेका समय पोप फ्रान्सिसले शान्तिको आह्वानसहित विश्वव्यापी क्रिसमस उत्सवको आइतबार साँझ उद्घाटन गरेका हुन् ।

‘हामी प्यालेस्टाइन, इजरायल र युक्रेनको बारेमा सोचिरहेका छौं’, पोपले क्रिसमसको पूर्वसन्ध्यामा आयोजित प्रार्थनासभामा भने, ‘हामी युद्धबाट पीडित मानिसहरुको बारेमा सोचिरहेका छौं ।’

पोपले भने, ‘आज राति, हाम्रो हृदय बेथलेहममा छ र शान्तिका राजकुमार (येशु ख्रिष्ट)लाई फेरि युद्धको निरर्थक तर्कले अस्वीकार गरेको छ । हतियारको टकरावले आज पनि उहाँलाई संसारमा कुनै स्थान पाउनबाट रोकेको छ ।’

क्रिस्टियन धर्मावलम्बी (मसीही) हरूको विश्वास अनुसार करिब दुई हजार वर्ष भन्दा पहिले येशू ख्रीष्टले स्थिररूपमा जन्मिएका र इजरायलद्वारा कब्जा गरिएको पश्चिम किनाराको बाइबलीय शहर बेथलेहमको बार्षिक क्रिसमस समारोहलाई प्रभावकारी रूपमा सम्पन्न गर्न युद्धले रोकेको छ । सामान्य अवस्थामा हजारौं पर्यटकहरूलाई आकर्षित गर्ने उक्त समारोहलाई परम्परागत रूपमा सामान्य जमघटबीच नै मनाइन लागेको छ । 

प्यालेष्टिनी शहरमा विशाल क्रिसमस ट्री, परेडका लागि बाजाहरू र चमकदार जन्मको दृश्यको साथ मनाइने क्रिसमस केवल सामान्य उत्सवसहित मनाइनेछ किनकि यहाँका नागरिक युद्धको त्रासमा बाँचिरहेका छन् । 

क्रिसमस उत्सवका लागि शहरको मध्यभागमा एउटा विशाल प्यालेस्टिनी झण्डामा ‘गाजामा युद्धविरामका लागि बेतलेहेमको घण्टी बज्छ’ लेखिएको ब्यानर झुण्ड्याइएको छ । 

अठार वर्षीया छात्रा निकोल नज्जरले भने, ‘यो भूमिका लागि धेरै मानिस मरिरहेका छन् । हाम्रा मानिसहरू मरिरहेका बेला उत्सव मनाउन साँच्चै गाह्रो छ ।’

जेरूसेलमका ल्याटिन धर्मगुरू पियरबतिस्ता पिज्जाबालाले भने, ‘हामी यहाँ प्रार्थना गर्न आएका छौं र हामीले युद्धविरामको लागि मात्र होइन सम्पूर्ण शत्रुतालाई रोक्न आगामी मार्ग बदल्नुपर्छ किनभने युद्धले कसैलाई शान्ति दिँदैन हिंसा मात्र उत्पन्न गर्छ ।’

गाजाको क्याथोलिक होली चर्चकी सिस्टर नाबिला सलाहले जेरूसेलमको ल्याटिन धर्मगुरू पिज्जाबालाको भनाई उद्धृत गर्दै भने ‘क्रिसमसका सबै उत्सवहरू रद्द गरिएको छ ।’

‘हामीले घण्टीको साटो ट्यांकी र बमबारीको आवाज सुन्न बाध्य छौ भने हामी कसरी उत्सव मनाउँछौं,’ उनले भने । सिरियामा चर्चहरूले प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै प्रार्थना मात्र गरेर  क्रिसमस उत्सव मनाएका छन् । 

गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण रहेका थिए । आक्रमणपछि प्यालेस्टिनी लडाकुहरूले करिब २५० जनालाई अपहरण गरेका थिए, जसमध्ये १२९ जना गाजामै रहेको इजरायलले बताएको छ ।

बदलामा इजरायलले चलाएको कारबाहीमा २० हजार ४२४ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका हमास नियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणमा जनाइएको छ । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : ३० बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा