तातोपानी कुण्डमा पूर्वाधार निर्माण « Khabarhub

तातोपानी कुण्डमा पूर्वाधार निर्माण


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

म्याग्द– प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा पूर्वाधार विस्तार भएको छ । पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा तातोपानीमा स्नान गरेपछि कपडा फेर्नका लागि भवन निर्माण गरिएको हो । 

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले एउटै पक्की भवनमा महिला र पुरुषका लागि कपडा फेर्ने छुट्टाछुट्टै दुई वटा कोठा बनाइएको जानकारी दिए । ‘जस्तापाटाको छाना भएको टहरामा पाहुनालाई कपडा फेर्न असजिलो भएको थियो’, उनले भने, ‘कपडा झुण्डाउने, बेञ्चमा बसेर कपडा फेर्न मिल्ने कोठा भएपछि सहज भएको छ ।’

कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक, आकर्षक र वरपर बगैँचा बनाएर सौन्दर्यकरण गरिएको छ । बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैँचा बनाइएको छ । शरीर डुबाएर स्नान गर्ने तलाउमा जाने प्रवेशद्वारलाई मौलिक बनाउन भक्तपुरे इँटाको प्रयोग गरिएको छ । 

पर्यटन बोर्ड पोखराका प्रमुख नवीन पोखरेलका अनुसार तातोपानी कुण्डको सौन्दर्यकरण गर्न गत आर्थिक वर्ष २०७९-८० मा रू १५ लाख बजेट विनियोजन भएको थियो । सौन्दर्यकरणका लागि कुण्ड समितिले थप  तीन लाख लागत साझेदारी गरेको उनले जानकारी दिए ।  

दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र बुद्धको मूर्तिसहितको स्तम्भ निर्माण गरेका थिए । म्याग्दी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा पहुनाहरू आउने गर्छन् । 

कुण्ड परिसरको वातावरणलाई रमणीय र आकर्षक बनाउन सौन्दर्यकरणले सहयोग पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए । विरेनुनको गन्धन आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने बिरामीहरू बताउँछन् । 

प्राकृतिक उपचारस्थलका रुपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । चिसोयामको सुरुआतसँगै कुण्डमा स्नानका लागि आउने भक्तजनको चाप बढेको छ ।

तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार जनाले स्नान गर्नसक्ने क्षमता छ । एक दिनमा दुई पटक दुई/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर पाँचरदश मिनेटसम्म पछ्यौरा, ब्लाङ्केट, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ । 

सात दिन स्नानका लागि प्रतिव्यक्ति रू तीन सय ५० शुल्क तोकिएको छ । प्रवेशशुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्ने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आइएको समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो । विगत १३ वर्षदेखि सरस्वती माविका १६ मध्ये चार जना निजी शिक्षकको तलबका लागि कुण्डले मासिक रू एक लाखका दरले सहयोग गर्दै आएको छ । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : ११ बजे

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ