तातोपानी कुण्डमा पूर्वाधार निर्माण | Khabarhub Khabarhub

तातोपानी कुण्डमा पूर्वाधार निर्माण


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

म्याग्द प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा पूर्वाधार विस्तार भएको छ । पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा तातोपानीमा स्नान गरेपछि कपडा फेर्नका लागि भवन निर्माण गरिएको हो । 

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले एउटै पक्की भवनमा महिला र पुरुषका लागि कपडा फेर्ने छुट्टाछुट्टै दुई वटा कोठा बनाइएको जानकारी दिए । ‘जस्तापाटाको छाना भएको टहरामा पाहुनालाई कपडा फेर्न असजिलो भएको थियो’, उनले भने, ‘कपडा झुण्डाउने, बेञ्चमा बसेर कपडा फेर्न मिल्ने कोठा भएपछि सहज भएको छ ।’

कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक, आकर्षक र वरपर बगैँचा बनाएर सौन्दर्यकरण गरिएको छ । बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैँचा बनाइएको छ । शरीर डुबाएर स्नान गर्ने तलाउमा जाने प्रवेशद्वारलाई मौलिक बनाउन भक्तपुरे इँटाको प्रयोग गरिएको छ । 

पर्यटन बोर्ड पोखराका प्रमुख नवीन पोखरेलका अनुसार तातोपानी कुण्डको सौन्दर्यकरण गर्न गत आर्थिक वर्ष २०७९-८० मा रू १५ लाख बजेट विनियोजन भएको थियो । सौन्दर्यकरणका लागि कुण्ड समितिले थप  तीन लाख लागत साझेदारी गरेको उनले जानकारी दिए ।  

दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र बुद्धको मूर्तिसहितको स्तम्भ निर्माण गरेका थिए । म्याग्दी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा पहुनाहरू आउने गर्छन् । 

कुण्ड परिसरको वातावरणलाई रमणीय र आकर्षक बनाउन सौन्दर्यकरणले सहयोग पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए । विरेनुनको गन्धन आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने बिरामीहरू बताउँछन् । 

प्राकृतिक उपचारस्थलका रुपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । चिसोयामको सुरुआतसँगै कुण्डमा स्नानका लागि आउने भक्तजनको चाप बढेको छ ।

तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार जनाले स्नान गर्नसक्ने क्षमता छ । एक दिनमा दुई पटक दुई/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर पाँचरदश मिनेटसम्म पछ्यौरा, ब्लाङ्केट, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ । 

सात दिन स्नानका लागि प्रतिव्यक्ति रू तीन सय ५० शुल्क तोकिएको छ । प्रवेशशुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्ने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आइएको समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो । विगत १३ वर्षदेखि सरस्वती माविका १६ मध्ये चार जना निजी शिक्षकको तलबका लागि कुण्डले मासिक रू एक लाखका दरले सहयोग गर्दै आएको छ । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : ११ बजे

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एजेन्सी– एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै