इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ | Khabarhub Khabarhub

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डहरू मार्फत निकालेर प्रयोग गरेको र अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । 

अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : ५० बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र