मन्त्री किरातीलाई पदमुक्त गराएरै छाड्छौँ : महामन्त्री राणा « Khabarhub

मन्त्री किरातीलाई पदमुक्त गराएरै छाड्छौँ : महामन्त्री राणा


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका महामन्त्री धवलशमशेर राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदमुक्त गराइने छाड्ने बताएका छन् । 

क्रिसमस फेस्टिभलका अवसरमा गत बुधबार मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोध जनाउँदै सोमबार सनातन धर्मावलम्बी समूहले काठमाडौंमा गरेको प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै महामन्त्री राणाले सडकबाटै मन्त्री किरातीलाई पदमुक्त गराइने छाड्ने उद्घोष गरेका हुन् ।  उनले देशमा हिन्दुराष्ट्र सहितको राजतन्त्र नआएसम्म सडकमा प्रदर्शन जारी राख्ने उल्लेख गरे ।

काठमाडौंको गौशालामा भेला भई सनातन धर्मावलम्बी समूहले र्‍यालीसहित किराँतीको बर्खास्तीको माग गर्दै प्रदर्शन गरेको हो । संसद् भवन नयाँ बानेश्वर पुगी धर्ना कार्यक्रम गर्ने भनेपनि प्रहरीले निषेधित क्षेत्र भएको भन्दै प्रदर्शनकारीलाई संसद् भवन जान रोकेको थियो।

प्रदर्शनकारीले संसद् भवन जान नपाएपछि बानेश्वरको सडकमा कोणसभा गर्दै मन्त्री किरातीको राजीनामा मागेका थिए । साथै धार्मिक क्षेत्रमा अधार्मिक नियुक्ति पनि खारेजको माग गरेका छन् । उनीहरूले धर्म निरपेक्ष मुर्दावाद, विभेदकारी मन्त्रीलाई कारबाही गरलगायत लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरू देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ०४ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको