मन्त्री किरातीलाई पदमुक्त गराएरै छाड्छौँ : महामन्त्री राणा « Khabarhub

मन्त्री किरातीलाई पदमुक्त गराएरै छाड्छौँ : महामन्त्री राणा


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका महामन्त्री धवलशमशेर राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदमुक्त गराइने छाड्ने बताएका छन् । 

क्रिसमस फेस्टिभलका अवसरमा गत बुधबार मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोध जनाउँदै सोमबार सनातन धर्मावलम्बी समूहले काठमाडौंमा गरेको प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै महामन्त्री राणाले सडकबाटै मन्त्री किरातीलाई पदमुक्त गराइने छाड्ने उद्घोष गरेका हुन् ।  उनले देशमा हिन्दुराष्ट्र सहितको राजतन्त्र नआएसम्म सडकमा प्रदर्शन जारी राख्ने उल्लेख गरे ।

काठमाडौंको गौशालामा भेला भई सनातन धर्मावलम्बी समूहले र्‍यालीसहित किराँतीको बर्खास्तीको माग गर्दै प्रदर्शन गरेको हो । संसद् भवन नयाँ बानेश्वर पुगी धर्ना कार्यक्रम गर्ने भनेपनि प्रहरीले निषेधित क्षेत्र भएको भन्दै प्रदर्शनकारीलाई संसद् भवन जान रोकेको थियो।

प्रदर्शनकारीले संसद् भवन जान नपाएपछि बानेश्वरको सडकमा कोणसभा गर्दै मन्त्री किरातीको राजीनामा मागेका थिए । साथै धार्मिक क्षेत्रमा अधार्मिक नियुक्ति पनि खारेजको माग गरेका छन् । उनीहरूले धर्म निरपेक्ष मुर्दावाद, विभेदकारी मन्त्रीलाई कारबाही गरलगायत लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरू देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ०४ बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले