फिलिपिन्समा भएको झडपमा नौ विद्रोहीको मृत्यु « Khabarhub

फिलिपिन्समा भएको झडपमा नौ विद्रोहीको मृत्यु


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्स सरकार र माओवादी विद्रोहीबीच शान्ति वार्ता पुनः सुरु गर्न सहमति भएको करिब एक महिनापछि सोमबार फिलिपिन्सको सेनाले श्रृङ्खलाबद्ध सशस्त्र कारबाही गरेको छ । कारबाहीमा नौ लडाकुको गोली लागी मृत्यु भएको छ । 

फिलिपिन्सको कम्युनिष्ट पार्टी र यसको सशस्त्र शाखा न्यू पिपुल्स आर्मी (एनपीए) ले घोषणा गरेको दुई दिने एकतर्फी क्रिसमस युद्धविरामको सुरुवातमा दक्षिणी शहर मलयबाले नजिकैका चार दुर्गम गाउँहरूमा युद्ध भएको एक सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेनाको चौथो इन्फेन्ट्री डिभिजनले मलयबलेमा भएको झडपको विस्तृत विवरण तत्काल सार्वजनिक गरेको छैन तर सेनाले नौ जना एनपीए विद्रोही मारिएको पुष्टि गरेको छ ।

सन् १९८६ मा मार्कोसका पितालाई सत्ताच्युत गरेयता पूर्ववर्ती सरकारहरूले सुरु गरेको असफल वार्तापछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको सरकार र विद्रोहीहरूले अर्को वर्ष शान्ति वार्ता पुनः सुरु गर्ने योजना बनाएको गत महिना घोषणा गरेका थिए । 

फिलिपिन्समा विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहले हजारौँको ज्यान लिइसकेको छ । विद्रोही समूहले एकपक्षीय रूपमा मङ्गलबार विद्रोहको ५५ औं स्थापना दिवसको उपलक्ष्यमा दुई दिन ‘सामरिक आक्रमणहरू’ स्थगन गर्ने शनिबार घोषणा गरेको थियो । 

करिब २६ हजार छापामार बाँकी रहेको अनुमान गरेको सरकारले एनपीएसँग यस वर्ष क्रिसमस युद्धविराम नगर्ने बताएको थियो ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ६ : ४४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा