विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

आज पुस ९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु
गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले एक विज्ञप्तिमार्फत भीडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमणले आक्रमण भएकोले ७० जनाको मृत्यु भएको र यो सङ्ख्या थप बढ्न सक्ने बताएका छन् । उनका अनुसार इजरायली सेनाले क्याम्पको मध्य क्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ । जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पुगेको छ ।

मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतालहरूमा थप घाइतेलाई भर्ना गर्न गाह्रो भएको स्थानीय अधिकारीले बताएका छन् । स्रोतका अनुसार अल-मगाजी शरणार्थी शिविर बाहेक, इजरायली सेनाले मध्य गाजाको अल-बुरेज शरणार्थी शिविर र दक्षिणी शहर खान युनिसमा पनि आक्रमण गरेको छ ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार एजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द गरेको छ । यहाँ एम्बुलेन्स तथा उद्धार टोलीहरूको काममा समेत बाधा पुगेको छ ।

इजरायली सेनाले पहिले गाजाका प्यालेस्टिनीहरूलाई खाली गर्न भनेको ठाउँहरूमध्ये अल–मगाजी पनि एक थियो । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, गत महिना इजरायलले अल–मगाजीमा बमबारी गरेको थियो । बमबारीमा ५१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिकाहरू थिए ।

गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार देखाएका तथ्याङ्कका अनुसार, इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या बीस हजार ४२४ पुगेको छ । अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा ५४ हजार ३६ जना घाइते भएका छन् ।

यसैबीच, गत साताको अन्त्यमा गाजामा कूल १५ इजरायली सैनिकको मृत्यु भएको पुष्टि भएको छ । इजरायली सेनाले गाजामा आफ्नो भूमिगत आक्रमणको क्रममा मारिएका इजरायली सैनिकको कूल सङ्ख्या १५४ पुगेको बताएको छ ।

पश्चिमा मुलुकले सर्बियालाई ‘अस्थिर’ बनाउन खोजे : रुस
रुसले सोमबार बाल्कन मुलुक सर्बियामा पश्चिमी मुलुकहरूले तनाव उत्पन्न गरेको आरोप लगाएको छ । डिसेम्बर १७ मा भएको निर्वाचनमा कथित जालसाजीलाई लिएर भएको विरोध प्रदर्शनले सर्बियामा अस्थिरता उत्पन्न भएको छ ।

एक दिनअघि मात्र प्रदर्शनकारीहरूले बेलग्रेड सिटी हलमा आक्रमण गर्ने प्रयास गरेका थिए । प्रदर्शनकारीहरूले संसदीय र स्थानीय निर्वाचनका परिणामहरूलाई अस्वीकार गरेका छन् ।

निर्वाचनमा राष्ट्रपति अलेक्जेन्डर भुकिकको पार्टीले उसले सानदार जित हासिल गरेको बताएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोभाले सरकारी समाचार समिति आरआइए नोभोस्तीसँग भनिन्, “सर्बियामा स्थितिलाई अस्थिर बनाउन पश्चिमको सामूहिक प्रयास स्पष्ट छ ।” क्रेमलिनले निर्वाचन परिणामहरूको स्वागत गरेको छ ।

प्रवक्ता दिमित्री पेसकोभले निर्वाचन परिणाबाट सर्बिया र रुसबीचको ‘मित्रता थप सुदृढ हुने’ मस्कोले आशा गरेको बताउनुभयो । सर्बिया र रुसबीच ऐतिहासिकरूमा घनिष्ठ सम्बन्ध छ र बेलग्रेड युक्रेनमाथि भएको आक्रमणका लागि मस्कोविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमा सहभागी भएको छैन ।

यद्यपि सर्बियाले संयुक्त राष्ट्रसङ्घमा रुसको आक्रामकताको निन्दा गरेको छ र उसको समर्थनबाट विवाद उत्पन्न भएको छ । सर्बिया करिब सम्पूर्णरूपमा रुसी ग्यासमा निर्भर छ । उसको विपक्षीहरूले संसदीय निर्वाचनका क्रममा खराब खेल भएको गुनासो गरेका छन् ।

चीनद्वारा चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण
चीनले सोमबार उत्तर पश्चिम चीनको जिउक्वान स्याटेलाईट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापुर्वक अन्तरिक्षमा पठाएको छ ।

तियानमु–१ मौसमी तारामण्डलका उपग्रहहरू कुआइझोउ–१ ए रकेटद्वारा बेइजिङको समयअनुसार बिहानको ९ बजे प्रक्षेपण गरी योजनाबद्ध कक्षमा प्रवेश गरेका छन् ।

क्वाइझोउ–१ ए रकेटको २३ औँ उडान अभियानमार्फत् पठाइएका स्याटेलाईटहरू मुख्य तथा व्यवसायिक मौसमी तथ्याङ्क सेवा प्रदान गर्न प्रयोग गरिने छ ।

फिलिपिन्समा भएको झडपमा नौ विद्रोहीको मृत्यु

फिलिपिन्स सरकार र माओवादी विद्रोहीबीच शान्ति वार्ता पुनः सुरु गर्न सहमति भएको करिब एक महिनापछि सोमबार फिलिपिन्सको सेनाले श्रृङ्खलाबद्ध सशस्त्र कारबाही गरेको छ । कारबाहीमा नौ लडाकुको गोली लागी मृत्यु भएको छ ।

फिलिपिन्सको कम्युनिष्ट पार्टी र यसको सशस्त्र शाखा न्यू पिपुल्स आर्मी (एनपीए) ले घोषणा गरेको दुई दिने एकतर्फी क्रिसमस युद्धविरामको सुरुवातमा दक्षिणी शहर मलयबाले नजिकैका चार दुर्गम गाउँहरूमा युद्ध भएको एक सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेनाको चौथो इन्फेन्ट्री डिभिजनले मलयबलेमा भएको झडपको विस्तृत विवरण तत्काल सार्वजनिक गरेको छैन तर सेनाले नौ जना एनपीए विद्रोही मारिएको पुष्टि गरेको छ ।

सन् १९८६ मा मार्कोसका पितालाई सत्ताच्युत गरेयता पूर्ववर्ती सरकारहरूले सुरु गरेको असफल वार्तापछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको सरकार र विद्रोहीहरूले अर्को वर्ष शान्ति वार्ता पुनः सुरु गर्ने योजना बनाएको गत महिना घोषणा गरेका थिए ।

फिलिपिन्समा विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहले हजारौँको ज्यान लिइसकेको छ । विद्रोही समूहले एकपक्षीय रूपमा मङ्गलबार विद्रोहको ५५ औं स्थापना दिवसको उपलक्ष्यमा दुई दिन ‘सामरिक आक्रमणहरू’ स्थगन गर्ने शनिबार घोषणा गरेको थियो ।

करिब २६ हजार छापामार बाँकी रहेको अनुमान गरेको सरकारले एनपीएसँग यस वर्ष क्रिसमस युद्धविराम नगर्ने बताएको थियो ।

क्रिसमसको अवसरमा एक हजार कैदी रिहा
श्रीलंकाले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैदीलाई बाँकी जेल सजाय माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् ।

सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलङ्काका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी दिएका छन् ।

श्रीलंकामा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको छ र बुद्धको जन्म, प्रबुद्धता र मृत्युको उपलक्ष्यमा मनाइने वैशाखको बिदाको अवसरमा मे महिनामा पनि त्यति नै सङ्ख्यामा दोषीलाई रिहा गरिएको थियो ।

क्रिसमसको पूर्वसन्ध्यामा रोकिएको एक साता लामो सेना समर्थित लागूऔषध विरोधी अभियानका क्रममा प्रहरीले करिब १५ हजार व्यक्तिलाई पक्राउ गरेपछि पछिल्लो क्षमादान दिइएको हो ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा १३ हजार ६६६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको र करिब एक हजार १०० जनालाई हिरासतमा लिएर सेनाद्वारा सञ्चालित अस्पतालमा अनिवार्य पुनस् स्थापनाका लागि पठाइएको उल्लेख छ ।

श्रीलंकाका जेलहरूमा क्षमताभन्दा बढी कैदी राख्दा लामो समयदेखि जेलमा कैदीको भीडभाड हुने गरेको छ । सरकारी तथ्यांकअनुसार शुक्रबारसम्म ११ हजार कैदीबन्दी राख्न मिल्ने गरी निर्माण गरिएका जेलमा करिब ३० हजार कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : ५९ बजे

एमाले फलामको टुक्रा होइन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो – प्रधानमन्त्री ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)

काठमाडौँ – नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी

गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र