माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने


१२ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुनेछ।

यसैगरी, आगामी राष्ट्रपतिको निर्वाचन, सरकारको काम-कारबाही, पार्टी संगठन र बिचार मिल्ने दलसँग एकतालगायतका विषय पनि छलफल हुने एक नेताले बताएका छन्।

माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको अन्तिम गृहकार्य गरिरहेको छ। दुवै पार्टीका वार्ता समितिले एकताको अन्तिम ड्राफ्ट तयार गरिसकेको बताएका छन्। त्यसका लागि आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठक बोलाउने सम्भावना रहेको छ।

दुवै पार्टीको बैठकले स्वीकृत गरे पछि पार्टी एकता हुनेछ। डा. भट्टराई नेतृत्वको नेसपाले गत निर्वाचनमा माओवादीकै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ८ : २७ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको