माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने | Khabarhub Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुनेछ।

यसैगरी, आगामी राष्ट्रपतिको निर्वाचन, सरकारको काम-कारबाही, पार्टी संगठन र बिचार मिल्ने दलसँग एकतालगायतका विषय पनि छलफल हुने एक नेताले बताएका छन्।

माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको अन्तिम गृहकार्य गरिरहेको छ। दुवै पार्टीका वार्ता समितिले एकताको अन्तिम ड्राफ्ट तयार गरिसकेको बताएका छन्। त्यसका लागि आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठक बोलाउने सम्भावना रहेको छ।

दुवै पार्टीको बैठकले स्वीकृत गरे पछि पार्टी एकता हुनेछ। डा. भट्टराई नेतृत्वको नेसपाले गत निर्वाचनमा माओवादीकै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : २७ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार