गलकोट नगरपालिकाले स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाउने « Khabarhub

गलकोट नगरपालिकाले स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाउने


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बलेवा – गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ ।

नगर अस्पतालको सबै मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको जोहो गर्ने तयारी गरेको छ । त्यसका लागि हालको जग्गा कम भएकाले दुई रोपनी जमिन थप गर्ने तयारीसमेत गरिएको वडा नं ५ का अध्यक्ष पवन हमालले बताए ।

पन्ध्र शय्याको अस्पताल बनाउने तयारी पछि यहाँको संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता भएको हमालले जानकारी दिए । त्यसका लागि कम्तीमा दुई जना डाक्टर रहने व्यवस्थापन गरिएको छ । हाल दरबन्दीमा रहेका एकजना डाक्टरले मात्र सेवा प्रवाह नपुगेपछि अर्का डाक्टरको थप गर्न लागिएको हो । “छात्रवृत्ति करारमा आएका डा राजेश पौडेललाई नगरपालिकाले समेत सेवा थप गरेर राख्ने तयारी छ”, उनले भने, “नियमित डाक्टर बस्ने भएमा सेवाग्राहीमा पनि विश्वास बढेर नगर अस्पतालको गरिमा बढ्छ ।” गलकोट नगरपालिका वडा नं. ५ र ६ बाहेक ताराखोला गाउँपालिकालाई पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति हुँदा गलकोट नगरपालिका भरका सेवाग्राहीले पनि सेवा लिन पाउने छन् ।

नगरपालिकाले स्वास्थ्य मन्त्रालयलाई ‘ओएनएम’ सर्भे गरिदिन पनि आग्रह गरेको छ । यो अस्पतालमा नियमित उपचार सेवाबाहेक शल्यक्रिया सेवा पनि सञ्चालनमा छ । नगरपालिका र अस्पतालमा जानकारी नभई डाक्टर हिँड्ने प्रवृत्ति अन्त्य गर्न पनि अधिकांश नगरवासीले माग गरेका छन् । अस्पतालमा अहिले नै दैनिक ५० देखि ६० बिरामी आउने गर्छन् ।

तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दा यो केन्द्र पनि अस्पताल बनाउने निर्णय भएको थियो तर नगरपालिकाले नयाँ भवन बनाएपछि मात्रै अस्पतालको स्वरुप बन्न लागेको हो । “तीन वर्षअघिनै बोर्ड फेरे पनि सबै पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर बल्ल अस्पताल बनाउन लागेका छौँ”, नगरप्रमुख भरत शर्मा गैरेले भने, “भएका जनशक्ति र सामग्रीबाट आएका बिरामीको उपचार भने नियमित थियो ।” अस्पतालका लागि कुनै पूर्वाधार र जनशक्ति मन्त्रालयबाट नआउँदै नगरपालिकाले आन्तरिक स्रोतबाट जनशक्ति राखेर सञ्चालनमा ल्याएको हो ।

अस्पताल बन्नका लागि १५ शय्या, एक जना विशेषज्ञ डाक्टरसहित तीन डाक्टर, सुरक्षित प्रसूतिकर्मीलगायतको स्वास्थ्यकर्मीको दरबन्दी चाहिन्छ । औषधि र एम्बुलेन्सलगायतका साधन पनि प्रर्याप्त बनाएर अस्पताललाई चुस्त बनाउन लागिएको नगर उप्रमुख फमलाल निउरेले बताएका छन् । अमित बिल्डर्सले बनाएको केन्द्रको नयाँ भवनले अस्पताल सञ्चालनमा सहज भएको हो । अस्पताल भए पनि चाहिने अन्य पूर्वाधारका लागि भने जग्गा अभाव भएपछि नजकिको जग्गा व्यवस्थापन गर्न नगरपालिकाले चासो दिएको हो ।

मन्त्रालयका प्राविधिक आएर सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेपछि मात्रै सरकारले दरबन्दी र उपकरण दिने प्रक्रिया ‘ओएनएम’ हो । “ओएनएम सर्भे भयो भने पाइने सेवा सुविधाबाट गलकोट अस्पताल राम्रो चल्छ”, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देबप्रकास घिमिरेले भने, “आवश्यक स्थानमा सेवा प्रवाहमा चाहिने तालिमलगायतको सेवा कार्यालयले सहयोग गर्छ ।” कार्यालयले अहिलेसम्म औषधि र अन्य उपकरणमा पनि साथ दिएको थियो ।

केही समयदेखि यहाँ फेयरमेड फाउण्डेसन र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले पनि उपकरणमा साथ दिएको छ । यहाँ कम्तीमा एकजना विशेषज्ञ डाक्टरसहित दुई मेडिकल अधिकृत, एक जना हेल्थ असिस्टेन्ट, तीन जना अनमी, दुई जना अहेव, दुई नर्स रहने व्यवस्था छ । हाल पाँच शय्या सञ्चालन भएको अस्पताललाई १५ पन्ध्र बनाउन लागिएको हो ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ९ : १४ बजे

भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु

नयाँदिल्ली – भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा

इरानको बालिका विद्यालयमा इजरायली नरसंहार, मारिनेहरूको संख्या ८५ पुग्यो

काठमाडौं- इरानको मीनाब सहरस्थित बालिका प्राथमिक विद्यालयमा भएको इजरायली हमलामा ज्यान

राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह

काठमाडौं – विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका

कतारमा घरबाहिर निस्किन नपाइने, दुबईको होटलमा मिसाइल खस्दा चारजना घाइते

दोहा- कतारको गृह मन्त्रालयले इरानी आक्रमणबीच देशका बासिन्दालाई ‘घरभित्रै बस्न’

पाकिस्तानले श्रीलंकालाई २१३ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको खेलमा