शिवरात्रिमा लालीगुराँस कप फुटबल प्रतियोगिता हुने « Khabarhub

शिवरात्रिमा लालीगुराँस कप फुटबल प्रतियोगिता हुने


१२ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रिको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।

क्व्होलासोंथार गाउँपालिका ४ मा पर्ने भुजुङमा लालीगुराँस कपको १५औं संस्करण गर्ने निर्णय गरिएको आयोजक लालीगुराँस युवा क्लवका अध्यक्ष नौराज गुरुङले जानकारी दिएका छन् ।

फुटबल प्रतियोगितामा विदेशी खेलाडी भने ल्याउन पाइने छैन। प्रतियोगिताका विजयी टिमलाई १ लाख ५० हजार रुपैयाँ, मेडल र ट्रफी दिइनेछ। दोस्रो हुनेलाई ८० हजार रुपैयाँ, मेडल र ट्रफी राखिएको छ।

सेमिफाइनलमा पराजित २ टिमलाई नगद १०/१० हजार रुपैयाँ दिइने भएको छ। उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ट्रफी प्रदान गरिने भएको छ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ९ : ५५ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा