घरेलु कार्यालयद्वारा एक सय ६२ फर्म खारेज « Khabarhub

घरेलु कार्यालयद्वारा एक सय ६२ फर्म खारेज


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली– घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फर्म खारेज गरेको कार्यालयका कम्प्युटर अप्रेटर रवि अधिकारीले बताए । कार्यालयका अनुसार गत साउनमा १२, भदौमा १६, असोजमा १७, कात्तिकमा १३, मङ्सिरमा ११, पुसमा १७, माघमा १२, फागुनमा १०, चैतमा सात, वैशाखमा दुई, जेठमा १७ र असारमा २८ फर्म खारेजीमा परेका छन् ।

सोही अवधिमा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका छन् । उक्त अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावारमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालयले जनाएको छ । थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् । 

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।तनहुँमा थपिएका उद्योगको कूल पुँजी ६३ करोड ५२ लाख पाँच सय ४२ हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ । 

थपिएका उद्योगमा एक हजार ३५ ले रोजगारी पाएका छन् । त्यसमध्ये पाँच सय ३४ महिला र पाँच सय एक पुरुष छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ताबापत रु २४ लाख तीन हजार चार सय राजस्व संकलन भएको छ ।

सोही अवधिमा तीन सय ९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी-नाम परिवर्तन गरेका छन् । चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन् । त्यस्तै ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ । गत आव २०७७-७८ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो । 

त्यस्तै आव २०७६-७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको थियो ।

एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार एक सय, तीन लाखसम्म पुँजी भएको उद्योगले तीन हजार एक सय, पाँच लाखसम्म पुँजी भएको उद्योगले छ हजार एक सय, ५० लाखसम्म पुँजी भएको उद्योगले १२ हजार एक सय, एक करोडसम्म पुँजी भएको उद्योगले २० हजार एक सय, पाँच करोडसम्म पुँजी भएको उद्योगले ३० हजार एक सय र पाँच करोड भन्दामाथि पुँजी भएको उद्योगले ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

 

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १२ : ४५ बजे

विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग

एजेन्सी– संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन्

सुदूरपश्चिमविरुद्धको खेलमा विराटनगरका हिजलेट गोल्डेन डक आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार

रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा

काठमाडौं– मीड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा रोयल इन्फिल्डले स्ट्रिट

नेपालगन्जको नगरबस प्रयोगविहीन

नेपालगन्ज– पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले

सञ्चारमन्त्री खरेलद्वारा एनपीएल अवलोकन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर