महोत्तरीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, २४ घाइते « Khabarhub

महोत्तरीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, २४ घाइते


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थ गएर फर्किएका एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । ट्याक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर -५ का भएको प्रहरीले जनाएको छ। घाइते मध्ये गम्भीर घाइते दुई जनाको सनाखत हुन सकेको छैन । 

आज बिहान  बर्दिबास-३ स्थित पाटु मोडमा २५ जना सवार प्रदेश २-०२-००१ त.२२६४  नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार चालक भने फरार भएका छन् । 

 पहिचान खुल्न नसकेको दुई जना महिलाको जनकपुस्थित चन्द्रकला अस्पतालमा उपचार भइरहेकाे छ । त्यसैगरी औरही नै बस्ने कुमारी मण्डल  सामान्य उपचार पश्चात जनकपुर रामजानकी अस्पतालमा रिफर गरिएको छ । उनको पनि अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बताएको छ ।

अन्य घाइते हुनेहरूमा  जुलेवी मण्डल, चन्द्र कुमारी मण्डल, रेम्नी देवी, नयन कुमारी मण्डल, पवन देवी मण्डल, सिकिलिया मण्डल,सिता कुमारी मण्डल, सुकुमरिया देवि, देवू मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रा देवी ठाकुर, चन्द्रा देवी मण्डल रहेको प्रहरीले जनाएको छ । अहिले उनीहरूको जनकपुरस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, सुभस्वस्तिक र बर्दिबास अस्पतालमा उपचार भैइरहेको छ ।

ट्याक्टर अनियन्त्रित भएर सडकमा नै पल्टिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ४ : ४५ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन