महोत्तरीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, २४ घाइते | Khabarhub Khabarhub

महोत्तरीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, २४ घाइते


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थ गएर फर्किएका एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । ट्याक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर -५ का भएको प्रहरीले जनाएको छ। घाइते मध्ये गम्भीर घाइते दुई जनाको सनाखत हुन सकेको छैन । 

आज बिहान  बर्दिबास-३ स्थित पाटु मोडमा २५ जना सवार प्रदेश २-०२-००१ त.२२६४  नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार चालक भने फरार भएका छन् । 

 पहिचान खुल्न नसकेको दुई जना महिलाको जनकपुस्थित चन्द्रकला अस्पतालमा उपचार भइरहेकाे छ । त्यसैगरी औरही नै बस्ने कुमारी मण्डल  सामान्य उपचार पश्चात जनकपुर रामजानकी अस्पतालमा रिफर गरिएको छ । उनको पनि अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बताएको छ ।

अन्य घाइते हुनेहरूमा  जुलेवी मण्डल, चन्द्र कुमारी मण्डल, रेम्नी देवी, नयन कुमारी मण्डल, पवन देवी मण्डल, सिकिलिया मण्डल,सिता कुमारी मण्डल, सुकुमरिया देवि, देवू मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रा देवी ठाकुर, चन्द्रा देवी मण्डल रहेको प्रहरीले जनाएको छ । अहिले उनीहरूको जनकपुरस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, सुभस्वस्तिक र बर्दिबास अस्पतालमा उपचार भैइरहेको छ ।

ट्याक्टर अनियन्त्रित भएर सडकमा नै पल्टिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ४ : ४५ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय