बर्दगोरियामा सडेको अवस्थामा शव फेला « Khabarhub

बर्दगोरियामा सडेको अवस्थामा शव फेला


१२ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । पालिकाको वडा नम्बर २ मा पर्ने बौनियाँ नालामा तैरिँदै गरेको अवस्थामा शव फेला परेको हो ।

शव पालिकाको वडा नम्बर २ का ४१ वर्षीय सुकै चौधरीको रहेको इलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ । प्रहरीका अनुसार उनी माघ ३ गतेदेखि बेपत्ता थिए । 

उनको खोजीका लागि आफन्तले माघ ५ गते बौनियाँ प्रहरीमा निवेदनसमेत दिएका थिए । बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन । मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन ठिक नभएको भनेर निवेदन आएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ५ : ०७ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच