‘निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ’  « Khabarhub

‘निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ’ 


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताएका छन् । नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, आमसञ्चार पर्यवेक्षण प्रतिवेदन’ माथिको छलफलमा उनले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा सहज भएको बताए।

उनले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्नुपर्ने र सामाजिक सञ्जाल पनि आमसञ्चारमाध्यमकै रूपमा स्थापित हुन खोजिरहेको हुँदा एउटा दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालले गर्नुपर्ने कामका बारेमा उल्लेख गर्दै उनले भने, ‘प्रेस काउन्सिल नेपाललाई एउटा अनुरोध के छ भने अहिले हामीले जुन प्रतिवेदन बनायौँ, प्रतिवेदनमा ९० प्रतिशत कुरा यिनै होलान्, हामीले यस्तो सफ्टवेयर डेभलप गर्नुपर्छ, अनधिकृतरूपमा प्रकाशित, प्रसारित हुने विषय स्वतः आउने व्यवस्था गर्नुपर्छ ।’

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूले पनि निर्वाचनको अनुगमन गर्ने मौका पाएको र काठमाडौँ, भक्तपुर र ललितपुरमा निर्वाचनको अनुगमन गर्दा पहिलाको तुलनामा धेरै शान्तिपूर्वक निर्वाचन हुने गरेको बताए ।

‘पहिला-पहिला निर्वाचनमा धेरै खालको समस्या देखिन्थ्यो, झडप हुने, झमेला हुन्थ्यो’, उनले भने, ‘अहिले देशभर केही सामान्य घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भयो, त्यो सकारात्मक विषय हो ।’ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनलाई मिथ्या, भ्रामक सूचना नियन्त्रण गर्नका लागि संयन्त्र नै बनाएर काम गरेको र त्यसले सकारात्मक नतिजा दिएको बताए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ५ : ५७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार