विधिको शासन र बेथिति अन्त्य गर्ने काम प्राथमिकतामा : मुख्यमन्त्री यादव « Khabarhub

विधिको शासन र बेथिति अन्त्य गर्ने काम प्राथमिकतामा : मुख्यमन्त्री यादव


१२ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कलैया- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछाड्ने बताएका छन् । कलैयामा नगरसभा गृहको आज शिलान्यास गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा सुशासन, विधिको शासन कायम र बेथितिलाई अन्त्य गर्ने काम प्राथमिकतामा रहने बताए। ‘म एउटा यस्तो सौभाग्यशाली मुख्यमन्त्री छु कि मेरो विपक्षमा एक जनाले पनि मत नदिएको हुँदा सबैको अपनत्व हुने गरी प्रदेशमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने । 

मधेस प्रदेशमा विकासका पूर्वाधार अगाडि बढाउँदै नेपालमै नमूना प्रदेशको रूपमा विकास गर्ने सोच रहेको मुख्यमन्त्री यादवले बताए। उनले सङ्घ र स्थानीय तहसँग समन्वय र सहकार्य गरी काम अगाडि बढाउने बताए । जिल्लाको सदरमुकामबाट नै विकासको थालनी गर्ने अभियानको रूपमा पनि पहिलोपटक कलैया उपमहानगरपालिकाबाट विकासको आयाम सुरुआत गरेको उनको भनाइ थियो । 

कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसद अच्चुत मैनाली, संविधानका सदस्य प्रमोद गुप्ता, प्रदेशसभा सदस्य महम्द समिर, निवर्तमान प्रदेश सांसद पारस साह, सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले नगर सभागृहका लागि पाँच करोड ६० लाख ९५ हजार तीन सय ८८ लाग्ने बताए । विसं २०८० जेठ मसान्तसम्ममा निर्माण कार्य सक्ने जनाइएको छ ।

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ६ : ४२ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ