ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे « Khabarhub

ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताएका छन् । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी-नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग-विराट-श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन गर्दै उनले नेपाल पूर्ववत्रूपमा शान्त, सुव्यवस्थित हुनुपर्ने बताए ।

उनले भने, ‘यो भूमि पूर्ववत्रूपमा एउटा शान्त, सुव्यवस्थित होस् र दानवहरूको नगरा, पञ्जाबाट मुक्त होस् भन्ने मैले भगवान्सँग पुकार गर्छु ।’ यो महायज्ञ हिन्दु धर्मावलम्बीहरूको मात्रै नभएर देशैभरका सबै धर्म मान्नेहरूका लागि भएको उनको भनाइ थियो । विश्व शान्ति र मानव जातिको रक्षाका लागि यस्ता महायज्ञहरू हुन जरुरी रहेको उनले बताए । यहाँ आएर सबै धर्मावलम्बीले पुण्य लिने उनले विश्वास व्यक्त गरे । महायज्ञका लागि सबैले सहयोग गर्न उनले अपिलसमेत गरे ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, भरतपुर महानगरपालिका-१ का वडाध्यक्ष केशवराज महर्जन, समाजसेवी टङ्कनाथ पौडेल, स्वामी जगन्नाथ शर्मा कँडेल, पूर्वसांसद गोविन्द कँडेल, समाजसेवी उमाशंकर अग्रवाल, प्रमुख वाचक परशुराम पाण्डेलगायतले बोल्नुभएको थियो ।

महायज्ञ आयोजक समितिका संयोजक प्रेमनिधि भारद्वाजले महायज्ञ सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च हुने बताए । एक महिनासम्म चल्ने सो महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्ती बालिने उनले जानकारी दिए ।

महायज्ञमा दैनिक छ क्विन्टलभन्दा बढी चरु हवन हुने छ । जौँ, तिल, चामल, घ्यूलगायतको सम्मिश्रणलाई चरु भनिन्छ । योगी नरहरिनाथले शरीर छाडेपछि पहिलोपटक ब्रह्मगायत्री मन्त्रद्वारा महायज्ञमा हवन हुन लागेको उनले जानकारी दिए।

नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, गुरु योगी नरहरिनाथलाई सम्झँदै कोटिहोम ज्ञानमहायज्ञ गरिएको हो । महायज्ञमा एक सय आठ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्रीमन्त्रद्वारा एक महिनासम्म हवन गरिने छ ।

तर्पण एवं मार्जन, श्रीमद्भागवत तथा शिव महापुराण पाठ एवं प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवं राजनीतिक व्यक्ति सहभागी हुनेछन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ७ : ३३ बजे

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान