ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे « Khabarhub

ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताएका छन् । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी-नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग-विराट-श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन गर्दै उनले नेपाल पूर्ववत्रूपमा शान्त, सुव्यवस्थित हुनुपर्ने बताए ।

उनले भने, ‘यो भूमि पूर्ववत्रूपमा एउटा शान्त, सुव्यवस्थित होस् र दानवहरूको नगरा, पञ्जाबाट मुक्त होस् भन्ने मैले भगवान्सँग पुकार गर्छु ।’ यो महायज्ञ हिन्दु धर्मावलम्बीहरूको मात्रै नभएर देशैभरका सबै धर्म मान्नेहरूका लागि भएको उनको भनाइ थियो । विश्व शान्ति र मानव जातिको रक्षाका लागि यस्ता महायज्ञहरू हुन जरुरी रहेको उनले बताए । यहाँ आएर सबै धर्मावलम्बीले पुण्य लिने उनले विश्वास व्यक्त गरे । महायज्ञका लागि सबैले सहयोग गर्न उनले अपिलसमेत गरे ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, भरतपुर महानगरपालिका-१ का वडाध्यक्ष केशवराज महर्जन, समाजसेवी टङ्कनाथ पौडेल, स्वामी जगन्नाथ शर्मा कँडेल, पूर्वसांसद गोविन्द कँडेल, समाजसेवी उमाशंकर अग्रवाल, प्रमुख वाचक परशुराम पाण्डेलगायतले बोल्नुभएको थियो ।

महायज्ञ आयोजक समितिका संयोजक प्रेमनिधि भारद्वाजले महायज्ञ सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च हुने बताए । एक महिनासम्म चल्ने सो महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्ती बालिने उनले जानकारी दिए ।

महायज्ञमा दैनिक छ क्विन्टलभन्दा बढी चरु हवन हुने छ । जौँ, तिल, चामल, घ्यूलगायतको सम्मिश्रणलाई चरु भनिन्छ । योगी नरहरिनाथले शरीर छाडेपछि पहिलोपटक ब्रह्मगायत्री मन्त्रद्वारा महायज्ञमा हवन हुन लागेको उनले जानकारी दिए।

नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, गुरु योगी नरहरिनाथलाई सम्झँदै कोटिहोम ज्ञानमहायज्ञ गरिएको हो । महायज्ञमा एक सय आठ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्रीमन्त्रद्वारा एक महिनासम्म हवन गरिने छ ।

तर्पण एवं मार्जन, श्रीमद्भागवत तथा शिव महापुराण पाठ एवं प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवं राजनीतिक व्यक्ति सहभागी हुनेछन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ७ : ३३ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको