वडास्तरबाट भत्ता वितरण हुन थालेपछि ज्येष्ठ नागरिक खुसी « Khabarhub

वडास्तरबाट भत्ता वितरण हुन थालेपछि ज्येष्ठ नागरिक खुसी


१२ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।

सहजरूपमा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् । वडा नं ७ बासीखोराका ८२ वर्षीय वृद्ध जागिरधन राईले आफ्नै घर छेउबाट भत्ता लिन पाउँदा हर्षित भएको बताए । भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उनको भनाइ छ ।

‘वडाबाटै भत्ता पाउँदा अति नै खुसी लागको छ’, वृद्ध राईले भने, ‘बुढेसकालको ज्यान हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो । गाउँपालिकाबाट सरहरू आएर यही भत्ता दिए । अहिले धेरै सहज भएको छ ।’ जनप्रतिनिधि आएर पीडा सुन्दै हातमा भत्ता राखिदिएको भन्दै ७७ वर्षीया चेलीमाया राईले खुसी प्रकट गरे । 

गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलका मानिस भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । अभियानअन्तर्गत गाउँपालिकाभरिका सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण एक हजार नौ सय तीन जनालाई भत्ता वितरण गरिने उनको भनाइ छ । 

“यहाँका ज्येष्ठ तथा अशक्तलाई लक्षित गरेर सेवा दिइरहेका छौँ”, अध्यक्ष राईले भने । सरकारले राहतको रूपमा दिएको सामाजिक सुरक्षा भत्ता लिन आउँदा समस्या भएको गुनासो आफूसम्म आएपछि कार्यपालिका बैठकबाट निर्णय पारित गरेर कामको थालनी गरेको राईले बताए । बुधबारबाट सुरु भएको वितरणकार्य माघ १९ गतेसम्म सञ्चालन हुने छ । 

वडास्तरमै खाता खोल्ने कामसमेत भइरहेको उनले जानकारी दिए। नागरिकको गुनासो सुनेर सोहीअनुसार काम गर्नका लागि सम्पूर्ण वडामा कल सेन्टर सञ्चालनका लागि काम गर्ने योजना रहेको समेत अध्यक्ष राईले बताए । उनले भने, “नागरिकको गुनासो तथा सुझाव संकलनका लागि कल सेन्टर सञ्चालनका लागि काम गरिरहेका छौँ ।” 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ७ : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया