वडास्तरबाट भत्ता वितरण हुन थालेपछि ज्येष्ठ नागरिक खुसी « Khabarhub

वडास्तरबाट भत्ता वितरण हुन थालेपछि ज्येष्ठ नागरिक खुसी


१२ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।

सहजरूपमा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् । वडा नं ७ बासीखोराका ८२ वर्षीय वृद्ध जागिरधन राईले आफ्नै घर छेउबाट भत्ता लिन पाउँदा हर्षित भएको बताए । भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उनको भनाइ छ ।

‘वडाबाटै भत्ता पाउँदा अति नै खुसी लागको छ’, वृद्ध राईले भने, ‘बुढेसकालको ज्यान हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो । गाउँपालिकाबाट सरहरू आएर यही भत्ता दिए । अहिले धेरै सहज भएको छ ।’ जनप्रतिनिधि आएर पीडा सुन्दै हातमा भत्ता राखिदिएको भन्दै ७७ वर्षीया चेलीमाया राईले खुसी प्रकट गरे । 

गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलका मानिस भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । अभियानअन्तर्गत गाउँपालिकाभरिका सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण एक हजार नौ सय तीन जनालाई भत्ता वितरण गरिने उनको भनाइ छ । 

“यहाँका ज्येष्ठ तथा अशक्तलाई लक्षित गरेर सेवा दिइरहेका छौँ”, अध्यक्ष राईले भने । सरकारले राहतको रूपमा दिएको सामाजिक सुरक्षा भत्ता लिन आउँदा समस्या भएको गुनासो आफूसम्म आएपछि कार्यपालिका बैठकबाट निर्णय पारित गरेर कामको थालनी गरेको राईले बताए । बुधबारबाट सुरु भएको वितरणकार्य माघ १९ गतेसम्म सञ्चालन हुने छ । 

वडास्तरमै खाता खोल्ने कामसमेत भइरहेको उनले जानकारी दिए। नागरिकको गुनासो सुनेर सोहीअनुसार काम गर्नका लागि सम्पूर्ण वडामा कल सेन्टर सञ्चालनका लागि काम गर्ने योजना रहेको समेत अध्यक्ष राईले बताए । उनले भने, “नागरिकको गुनासो तथा सुझाव संकलनका लागि कल सेन्टर सञ्चालनका लागि काम गरिरहेका छौँ ।” 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ७ : ४३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको