चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त : मुख्यमन्त्री अधिकारी « Khabarhub

चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त : मुख्यमन्त्री अधिकारी


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरूबाट प्रस्तुत मन्त्रालयगत बिफ्रिङमा उनले पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य सर्त भएको बताए ।

मुख्यमन्त्री अधिकारीले सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सीमित नराखी व्यवहारमा देखिने गरी कार्य गर्न निर्देशन दिए । आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु फछ्र्यौट एवं नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल गर्न उनले आग्रह गरे । उनले भने, “आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु फछ्र्यौट गर्न एवं नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल आवश्यक छ । प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्ने सम्बद्ध सबै जिम्मेवार भएर लाग्नुहोला ।”

मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन छरितो संरचना बनाउने निर्णय भइसकेको र सबै मन्त्रालय र कार्यालयले वस्तुनिष्ठ सङ्गठन संरचना निर्माण गर्न प्रमुख सचिवको अध्यक्षतामा गठित सङ्गठन तथा व्यवस्थापन समितिलाई सहयोग गर्न आग्रह गरे ।

“जग्गा प्राप्तिको समस्याले रोकिएका आयोजना तथा कार्यक्रम के–के छन् र तीनको सम्भाव्यता छ कि छैन रु ठोस सुझाव प्रस्तुत गर्नुहुन निर्देशन गर्दछु । विकास आयोजनालाई गरिबी हटाउँदै समृद्धिको आधारका रूपमा सञ्चालन गर्न आयोजनाको प्राथमिकीकरण गरी तहगत सरकारका आयोजना र कार्यक्रमसँग दोहोरोपना नुहने गरी मात्र कार्य अगाडि बढाउनु आवश्यक छ”, मुख्यमन्त्री अधिकारीले भने ।

समपूरक, विशेष र वित्तीय समानीकरण अनुदानको गुणात्मकता ल्याउन समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणा व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना आवश्यक पर्ने उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले यही माघ १० गते मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएपछि मन्त्रालयको कार्यप्रगतिका बारेमा जानकारी लिए। गण्डकीमा यसअघि १२ मन्त्रालय रहेकामा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालयमात्र बनाइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : ३३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु