माओवादी बैठक : राष्ट्रपति निर्वाचनको बारेमा के भयो छलफल ? « Khabarhub

माओवादी बैठक : राष्ट्रपति निर्वाचनको बारेमा के भयो छलफल ?


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक विषयमा संक्षिप्त लिखित प्रतिवेदन प्रस्तुत गर्नुभएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । सोही अवसरमा अध्यक्ष दाहालले सरकार बन्नुभन्दा पहिला सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा भएको गठबन्धन निर्माण, सरकारको गतिविधिलगायतका विषयमा ब्रिफिङ गरेका थिए । बैठकमा राष्ट्रपतिय निर्वाचनको बारेमा सामान्य छलफल भएको थियो ।

त्यसैगरी बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यलाभको कामना गर्दै पोखरामा भएको यती एयरलाइन्सको हवाई दुर्घटनामा परी मृत्यु हुनेका परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । आजदेखि सुरु भएको सो बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ । शुक्रबारको बैठकमा राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा पनि छलफल हुनसक्ने उपाध्यक्ष महराले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार