सहारा क्लबलाई नगद ५५ हजार सहयोग « Khabarhub

सहारा क्लबलाई नगद ५५ हजार सहयोग


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तमुधीं युकेले सहारा क्लबलाई रु ५५ हजार नगद सहयोग गरेको छ । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आज आयोजित कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज), कोषाध्यक्ष विनु राना मगरलाई उक्त सहयोग हस्तान्तरण गरे।

उक्त सहयोगसँगै संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङका छोरा बेन्जेमेनले एकेडेमीमा रहेका बालकको खाजा तथा खानालाई रु २० हजार हस्तान्तरण गरे। विस २०६३ मा पोखरा–१७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरिद गरी सुरु गरिएको एकेडेमीको पूर्वाधार क्लबले तयार बनाइसकेको छ ।

अहिले एकेडेमीमा १५ बालक अध्ययनरत छन् । कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिए ।

तमुधीं युकेका संस्थापक सदस्य तथा सहारा युकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लबले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ९ : ०२ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,