खाद्य संस्थानले पाएन लक्ष्यअनुसार धान « Khabarhub

खाद्य संस्थानले पाएन लक्ष्यअनुसार धान


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खाद्य व्यापार तथा कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यअनुसार धान पाउन सकेको छैन । संस्थानले किसानबाट यस वर्ष १४ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार आठ सय २० क्विन्टलमात्रै धान खरिद गर्न सकेको छ । गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्यअनुसारको धान खरिद गर्न सकेको थिएन । सरकारले ढिला गरी धानको समर्थन मूल्य तोक्ने र खरिद गर्दा लक्ष्यअनुसार धान खरिद हुन नसकेको खाद्य संस्थानले जनाएको छ ।

खाद्य संस्थान कञ्चनपुरका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म दुई हजार आठ सय २० क्विन्टलमात्रै धान खरिद भएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष खाद्यमा धान बिक्री गर्न थोरै मात्र किसान आएका हुन् ।

“हाम्रो लक्ष्यअनुसार किसान धान बिक्री गर्न आउनु भएन”, उनले भने, “ढिला गरी खरिद सुरु भएका कारण पनि किसान आएनन् ।” सरकारले गतभन्दा यस वर्ष प्रतिक्विन्टल रु दुई सय १५ वृद्धि गरे पनि समयमा धान खरिद नहुँदा किसानले सस्तोमै धान बिक्री गरे । यस वर्ष मोटो धानको समर्थन मूल्य दुई हजार नौ सय ६७ र मसिनो धानको तीन हजार एक सय २८ पु¥याएको थियो ।

सरकारले समयमा धान खरिद नगर्ने र आफूहरूसँग भण्डारणको व्यवस्था नभएका कारण सस्तोमा धान बिक्री गर्नुपरेको किसान लालसिंह डगौराले बताउनुभयो । “हामीले गहुँखेती गर्न मल खरिद गर्ने त्यही धान बिक्री गरेको पैसाले हो”, उनले भने, “सरकारले समयमा धान खरिद गरेर हामीले मिलमा प्रतिक्विन्टल २१–२२ सयका दरले बिक्री गरे ।” उनले सरकारले जहिल्यै ढिलो गरी धान खरिद गर्ने भएकाले किसान मर्कामा पर्ने गरेको बताए । कञ्चनपुरमा खाद्य व्यापार कम्पनीले पुस १ गतेदेखि खरिद सुरु गरेको थियो ।

सरकारले समयमै धान खरिद गरे किसानले उचित मूल्य पाउने कृषक गणेश भट्टले बताए । “सरकारले ढिलो गरेको फाइदा व्यापारीले उठाउँछन्, किसान समस्यामा छन् भन्ने थाहा हुन्छ र सस्तोमा खरिद गर्छ”, भट्टले भने, “सरकारले समयमै धान खरिद गरेमात्रै किसानलाई न्याय हुन्छ ।”

गत वर्ष पनि संस्थाले लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । छ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य पाए पनि एक हजार एक सय ६१ क्विन्टलमात्रै धान खरिद भएको थियो । कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ । कञ्चनपुरमा धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ९ : १९ बजे

सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहा – यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुकुम्बासी बस्ती खाली गर्न उर्दी लगाउँदै प्रहरीको माइकिङ

काठमाडौं– थापाथली सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती खाली

किन पक्राउ परे शेखर गोल्छा ?

काठमाडौं- व्यवसायी शेखर गोल्छालाई धितोपत्र सम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले