जर्मनीको रेलमा भएको आक्रमणमा आतङ्ककारी समूहको सम्लग्नता देखिए « Khabarhub

जर्मनीको रेलमा भएको आक्रमणमा आतङ्ककारी समूहको सम्लग्नता देखिए


१२ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीमा बुधबार रेलमा भएको चक्कु आक्रमणमा आतङ्कवादी उद्देश्यको कुनै सङ्केत नदेखिएको जर्मनीका अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् । उक्त घटनामा दुई किशोरको मृत्यु हुनुका साथै अन्य कैयौँ यात्रु घाइते भएका थिए ।

उत्तरी शहर ह्याम्बर्ग र किएलबीचको रेलमार्गमा गुडिरहेकोे रेलमा बुधबार भएको छुरा प्रहारको आरोपमा ३३ वर्षीय प्यालेस्टिानी मूलका एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।

स्थानीय अभियोजक कार्यालयका प्रवक्ता पिटर मुलर–राकोले एएफपीसँग भने, “घटनामा आतङ्कवादी पृष्ठभूमिको कुनै सङ्केत प्राप्त भएको छैन । आक्रमण र संदिग्ध व्यक्तिको विगतबारे अनुसन्धान जारी रहेको छ ।”

आक्रमणमा परी एक १६ वर्षीया किशोरी र १९ वर्षीय युवकको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । यात्रुहरूले संदिग्धलाई नियन्त्रणमा लिन मद्दत गरेका थिए । आक्रमणकारीलाई ब्रोक्सस्टेड शहरको रेलवे स्टेशनमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार कुनै निश्चित बासस्थान नभएका ती संदिग्ध हालै मात्र अर्को एक आक्रमणको मुद्दामा जेल परी रिहा भएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ९ : ४८ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी