जर्मनीको रेलमा भएको आक्रमणमा आतङ्ककारी समूहको सम्लग्नता देखिए | Khabarhub Khabarhub

जर्मनीको रेलमा भएको आक्रमणमा आतङ्ककारी समूहको सम्लग्नता देखिए


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीमा बुधबार रेलमा भएको चक्कु आक्रमणमा आतङ्कवादी उद्देश्यको कुनै सङ्केत नदेखिएको जर्मनीका अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् । उक्त घटनामा दुई किशोरको मृत्यु हुनुका साथै अन्य कैयौँ यात्रु घाइते भएका थिए ।

उत्तरी शहर ह्याम्बर्ग र किएलबीचको रेलमार्गमा गुडिरहेकोे रेलमा बुधबार भएको छुरा प्रहारको आरोपमा ३३ वर्षीय प्यालेस्टिानी मूलका एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।

स्थानीय अभियोजक कार्यालयका प्रवक्ता पिटर मुलर–राकोले एएफपीसँग भने, “घटनामा आतङ्कवादी पृष्ठभूमिको कुनै सङ्केत प्राप्त भएको छैन । आक्रमण र संदिग्ध व्यक्तिको विगतबारे अनुसन्धान जारी रहेको छ ।”

आक्रमणमा परी एक १६ वर्षीया किशोरी र १९ वर्षीय युवकको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । यात्रुहरूले संदिग्धलाई नियन्त्रणमा लिन मद्दत गरेका थिए । आक्रमणकारीलाई ब्रोक्सस्टेड शहरको रेलवे स्टेशनमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार कुनै निश्चित बासस्थान नभएका ती संदिग्ध हालै मात्र अर्को एक आक्रमणको मुद्दामा जेल परी रिहा भएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ९ : ४८ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक