अबको शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ : शिशिर खनाल « Khabarhub

अबको शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ : शिशिर खनाल


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षामन्त्री शिशिर खनालले अबको शिक्षालाई व्यावसायिक बनाएर उत्पादनसँग जोडनुपर्ने बताए । पद्ममकन्या विद्याश्रम माध्यमिक विद्यालयद्वारा आफ्नो हिरक महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री खनालले नयाँ शिक्षाले समाजमा उद्यमशीलताको विषयलाई प्राथमिकतामा राख्न सकेमा मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताए ।

बागमती प्रदेशका सभामुख भुवन पाठकले तत्कालीन समयमा पनि पद्मशम्शेरले छात्राका लागि मात्र शिक्षा प्रदान गर्न अलग्गै विद्यालय खोल्ने कार्य आफैँमा क्रान्तिकारी कदम भएको विचार व्यक्त गरे ।

उनले विद्यालयले उत्पादन गरेका दक्ष जनशक्तिले प्रजातन्त्र स्थापनाका लागि प्रवाह गरेको ज्ञानबाट विसं २००७ को क्रान्तिलाई सफल बनाउन बलियो आधार तयार गरेको उल्लेख गर्दै विद्यालयलाई थप व्यवस्थित बनाउनपर्ने बताए ।

प्रधानाध्यापिका रीता तिवारीले विद्यालयको ऐतिहासिक पक्षलाई जगेर्ना गर्दै समाजको परिवर्तित अवस्थामा समयसापेक्ष विद्यार्थीलाई शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

नर्सरीदेखि १२ सम्म अध्यापन गराइने विद्यालयमा करिब आठ सय विद्यार्थी अध्ययनरत छन् । विसं २००४ मा सुधारवादी प्रधानमन्त्री पद्मशम्शेरले सञ्चालन गरेको विद्यालयले हाल उच्च शिक्षामा मानविकी, शिक्षाशास्त्र, वाणिज्यलगायत विषयमा अध्यापन गराउँदै आएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १० : ४९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा