अबको शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ : शिशिर खनाल « Khabarhub

अबको शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ : शिशिर खनाल


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षामन्त्री शिशिर खनालले अबको शिक्षालाई व्यावसायिक बनाएर उत्पादनसँग जोडनुपर्ने बताए । पद्ममकन्या विद्याश्रम माध्यमिक विद्यालयद्वारा आफ्नो हिरक महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री खनालले नयाँ शिक्षाले समाजमा उद्यमशीलताको विषयलाई प्राथमिकतामा राख्न सकेमा मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताए ।

बागमती प्रदेशका सभामुख भुवन पाठकले तत्कालीन समयमा पनि पद्मशम्शेरले छात्राका लागि मात्र शिक्षा प्रदान गर्न अलग्गै विद्यालय खोल्ने कार्य आफैँमा क्रान्तिकारी कदम भएको विचार व्यक्त गरे ।

उनले विद्यालयले उत्पादन गरेका दक्ष जनशक्तिले प्रजातन्त्र स्थापनाका लागि प्रवाह गरेको ज्ञानबाट विसं २००७ को क्रान्तिलाई सफल बनाउन बलियो आधार तयार गरेको उल्लेख गर्दै विद्यालयलाई थप व्यवस्थित बनाउनपर्ने बताए ।

प्रधानाध्यापिका रीता तिवारीले विद्यालयको ऐतिहासिक पक्षलाई जगेर्ना गर्दै समाजको परिवर्तित अवस्थामा समयसापेक्ष विद्यार्थीलाई शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

नर्सरीदेखि १२ सम्म अध्यापन गराइने विद्यालयमा करिब आठ सय विद्यार्थी अध्ययनरत छन् । विसं २००४ मा सुधारवादी प्रधानमन्त्री पद्मशम्शेरले सञ्चालन गरेको विद्यालयले हाल उच्च शिक्षामा मानविकी, शिक्षाशास्त्र, वाणिज्यलगायत विषयमा अध्यापन गराउँदै आएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १० : ४९ बजे

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको