हाम्रो समाजलाई हात्तीपाइले मुक्त गराउँछौँ | Khabarhub Khabarhub

हाम्रो समाजलाई हात्तीपाइले मुक्त गराउँछौँ

‘परजीवी नष्ट गर्ने औषधिले स्वास्थ्यमा असर गर्दैन’



सरकारले १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुरु गरेको छ। फागुन ११ गतेदेखि यो अभियान सुरु गरेको हो। विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ५३ जिल्लामा संक्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो। हात्तीपाइले रोग निवारण रणनीति अन्तर्गत सरकारले संक्रमणदर दुई वा दुई प्रतिशतमाथि रहेका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सुरु गरेको हो। यो अभियानमा कसरी काम हुँदै छ ? यसै विषयमा आधारित भएर स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

फागुन ११ देखि यो अभियान सुरु भएको छ कसरी काम भइराखेको छ ?
हामीले १४ दिनलाई समय निर्धारण गरेर राष्ट्रिय हात्तीपाइले रोग निवारण रोग भनेर कार्यक्रम अन्तर्गत आम औषधि सेवन अभियान सुरु गरेका छौँ। झन्डै १३ हजार जना महिला स्वास्थ्य स्वयम् सेविका र ९ हजार ५ सय भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ। यो अभियान अन्तर्गत हामीले ८५ लाख जनसंख्यालाई औषधि सेवन गराउने उद्देश्यका साथ यो विभिन्न पालिकाका वडा तहमा सुरु गरेका छौं।

नेपालको १५ वटा जिल्लामा यो हात्तीपाइले रोगको अवस्था कस्तो छ ?
नेपाल लगायत ७२ वटा देशहरू हात्तीपाइले रोगहरूबाट ग्रसित देशको रूपमा विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेपछि हामीले पनि हात्ती पाइलेलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने प्रतिबद्धता गरे अनुरूप ६२ वटा जिल्लालाई लिएका थियौँ। त्यो मध्यबाट ४८ वटा जिल्लाबाट हात्तीपाइलेको औषधि खुवाएर त्यो देशमा हात्तीपाइलेको अवस्था कस्तो छ भनेर जाँच गरिरहेका छौँ। अहिले हामीले १५ वटा जिल्लामा बेलाबेला नागरिकको रगत जाँच गर्दा हात्तीपाइले देखिएपछि यो आम अभियान सुरु गरेका छौँ।

यो हात्तीपाइले रोगलाई हामीले कसरी बुझ्ने ?
हात्तीपाइले भनेको एउटा परजीवीको कारण संक्रमित लामखुट्टेकोबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो। यो रोगको परजीवीले तत्काल शरीरमा पुग्ने बित्तिकै संकेत त देखाउँदैन। तर यसले विस्तारै मान्छेलाई अपाङ्गता बनाउने, हातखुट्टा सुनिने, दैनिक क्रियाकलाप गर्न असर गराउने जसले गर्दा समाज परिवार र समग्र राष्ट्रलाई आर्थिक सामाजिक र मानसिक असर गर्दछ। त्यसले गर्दा यो रोग एक प्रकारको परजीवीबाट सर्ने रोग हो। त्यसैले थाहा नभई लामखुट्टेले एउटाबाट अर्कोलाई सार्दछ।

कस्तो प्रजातिको लामखुट्टेको टोकाईबाट यो रोग लाग्ने हो ?
नेपालमा धेरै प्रजातिका लामखुट्टे छन्। क्युलेक्स प्रजातिको लामखुट्टेले एक व्यक्तिलाई टोक्यो भने उसको रगतबाट अर्को व्यक्तिमा टोक्दा त्यो व्यक्तिमा रोग सर्न सक्छ।

हात्तीपाइले विरुद्धको औषधि खुवाउँदा कुनै उल्टो असर गर्दैन ?
यो आम औषधि सेवन अभियान संसारका धेरै देशमा सुरु भइसकेको छ। धेरै देशहरूले यस अभियानबाट नै हात्तीपाइले निवारण गरेका छन्। हामीले यो अभियानमा चलाएका तीन औषधिहरू पहिला देखिनै कुनै न कुनै रूपले प्रयोग गरिसकेका छौँ। एउटा जुकाको औषधि, त्यो पहिलो देखिनै खान्छौँ। अरू दुई औषधि पनि लामो अनुसन्धानपछि धेरै विशेषज्ञहरूले जाँचेर ल्याइएको हो। कुरा यो तीन वटै औषधिलाई एकै पटक खान दिइयो भने एउटै डोजमा खुवाइयो भने त्यसले सबै जनताको रगतमा भएको परजीवीलाई नष्ट गर्छ भन्ने उद्देश्यका साथ यी औषधिहरू एकै पटक खुवाउन लागिएको हो। यी औषधिमा असर गर्ने वा नकारात्मक प्रभाव पार्ने भन्ने कुरै छैन। दुई वर्ष यो अभियानमा सबैले यो औषधि सेवन गर्यौ भने यो रोग जरैदेखि फाल्न सक्छौँ। एक पटक खाएपछि यो औषधि फेरिफेरि खाइरहनु पनि हुँदैन। यो औषधि खाएपछि हामी अपाङ्ग भएर बाच्नु पर्दैन।

यो औषधि कुन कुन अवस्थाको व्यक्तिले खानु हुँदैन ?
हामीले यो वर्ष स्वास्थ्यकर्मीको निगरानीमा खुवाउने हुँदा कस्तो व्यक्तिले खाने र नखाने भन्नु हुन्छ। दुई वर्ष भन्दा कम उमेरकोले, गर्भवतीहरूले नखानू, दीर्घ रोगी जो अस्पतालमा भर्ना भएर बस्नु भएको छ त्यस्तो व्यक्तिले खानु हुँदैन। अरु सबैले खान मिल्छ।

हात्तीपाइलेको परजीवी भएकाले यो औषधि सेवनले अन्य समस्या आउँछ भनिन्छ नि ?
यो तीन वटा औषधि एकै पटक सेवन गर्दा यदि कोही मान्छेमा पहिला देखिनै हात्तीपाइले को परजीवी छ भने त्यो औषधिले त्यो परजीवीलाई मार्दा सामान्य केही लक्षणहरू देखिन सक्छन्। रिंगाटा लागे जस्तो, टाउको दुखेको जस्तो हुन्छ तर त्यो विस्तारै निको हुन्छ। त्योबाट ममा हात्तीपाइले रहेछ अब निको भयो भनेर खुसी हुनुपर्दछ। हामीले यो भन्दा अगाडि पनि यस्तो अभियान गरेका छौँ। तर त्यो बाट कोही कसैलाई असर गरेको छैन।

यो काम गरे अनुसारको प्रतिफल देखिँदैन भनिन्छ। राज्य कुन ठाउँमा चुक्यो ? राज्य र नागरिक बीचको दूरी किन भयो ?
राज्यले ठूलो मेहनत गरेको छ। यस्तो परिस्थितिमा त्यो समुदायमा भएका ८० प्रतिशत व्यक्तिले लगातार दुई वर्ष औषधि सेवन गयौँ भने यो रोग निर्मूल हुन्छ। त्यो समयमा नखाँदा हामीले पटक पटक खुवाउनु पर्ने अवस्था देखिन्छ। यो पटक हामीले प्रमुख दल, स्वास्थकर्मी सबैले पहल गर्यौ भने दुई पटक औषधि खुवाएर समाजलाई हात्तीपाइले बाट मुक्त बनाउन सक्छौँ। यो वर्ष हामीले सोचेको लक्ष्य प्राप्त गर्न सफल हुन्छौँ जस्तो लाग्छ।

२०३० सम्ममा यो रोग उन्मुलन गर्न सम्भव छ ?
छ। हामीले २०३० सम्मको छाप निकालेका छौँ। यो १५ वटा जिल्लामा औषधि खुवाएर संक्रमण कम भएको जाँच गर्ने समय र ८ वटा हिमाली जिल्ला लामखुट्टेको संख्या कम हुन्छ भन्ने छ। त्यो ठाउँमा पनि सर्वे गरेर औषधि दिन सकिन्छ भनेर हेरिएको छ। सबैले आफ्नो क्षेत्रबाट सहयोग गरेपछि औषधि खुवाउँने अभियान सुरु गर्याै।

हात्ती पाइलेको रोगको विज्ञको नाताले केही भन्नै पर्ने विषय छन् कि ?
सबै नागरिक जो हामीले निर्धारण गरेका १५ जिल्लबाट हुनुहुन्छ सम्पूर्णलाई यो १५ दिन कुनै न कुनै बेला आफ्नो स्वास्थ्य चौकीमा गएर वा स्वास्थ्यकर्मीलाई सोधेर यो कार्यमा सरिक भएर औषधि सेवन गर्नूहोला चाहन्छु।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ०८ बजे

सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत

भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै

काठमाडौं – भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ

क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै

काठमाडौं – क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै फेर्न खोजियो : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न

यसै वर्ष भारतीय अर्थतन्त्र ४ खर्ब डलर पुग्ने

काठमाडौं – भारतीय प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जिव सन्यालले