पनौतीमा पाँच कवि सम्मान « Khabarhub

पनौतीमा पाँच कवि सम्मान


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रे – जिल्लाको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की, श्रीराम राई र वसन्त नकर्मीलाई सम्मान गरिएको थियो । कविलाई प्रा डा विष्णु एस राईले नगदसहित सम्मान गरेका हुन् ।

यस्तै गोष्ठीमा स्थानीय कवि मीरा पौडेलको ‘देखेको कथा’ र सुभद्रा दाहालको ‘मनको आँखा’ नामक पुस्तकको पनौतीका नगरप्रमुख रामशरण भण्डारीले लोर्कापण गरेका छन् । सो अवसरमा विभिन्न स्थानबाट आएका तीन दर्जन कविले आ–आफ्ना काव्य वाचन गरेका थिए । काव्य वाचकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार एवं अक्षरमालाका अध्यक्ष सूर्यप्रसाद लाकाजु, साहित्यकार तुयुकाजी ताम्राकार, पनौती साहित्य समाजका अध्यक्ष सुभद्रा दाहाल, इन्द्रेश्वर क्याम्पस प्रमुख श्रीकुमार सुवाललगायतले काव्य कृतिका विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको