साउदी सरकारले ५८ हजार रियाल जरिवाना मिनाहा गरिदिएपछि नेपाल फर्किए तामाङ « Khabarhub

साउदी सरकारले ५८ हजार रियाल जरिवाना मिनाहा गरिदिएपछि नेपाल फर्किए तामाङ



दोहा – साउदी अरब सरकारले ५८ हजार साउदी रियाल जरिवाना मिनाहा गरिदिएपछि एक नेपाली स्वदेश फर्किएका छन् ।

विगत दुई वर्षदेखि चोरीको आरोपमा त्यहाँको आभास्थित जेलमा रहेका नेपाली नागरिक कृष्णकुमार तामाङलाई अदालतको फैसलामार्फत तोकिएको जरिवाना ५८ हजार साउदी रियाल जरिवाना मिनाहा गरी स्वदेश फर्काइएको जेद्धास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

महावाणिज्य दूतावासका अनुसार साउदी सरकारका अदालत, जेल तथा अन्य सम्बन्धित निकायहरुसँगको निरन्तर बैठक, छलफल तथा अनुरोध पश्चात् पीडित तामाङको जरिवाना मिनाहा गराउन सफल भएको जनाएको छ ।

त्यसपछि दूतावासले उनको यात्रा प्रतिबन्ध फुकुवा गराई नेपाल जानका लागि आवश्यक पर्ने एक्जिट भिसा प्राप्त गरेको र साउदी सरकारसँग समन्वय गरेर हवाई टिकटको व्यवस्था गरी नेपाल फर्काइएको जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : १५ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको