राष्ट्रिय सभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूची « Khabarhub

राष्ट्रिय सभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूची


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सुरुमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन्।

त्यसपछि राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सभाध्यक्षले सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची तय भएको छ।

यस्तै, आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/७६ देखि ७७/७८को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मुल्यांकन प्रतिवेदन २०७९ संसदमा पेश गर्ने संसद सचिवालयले जनाएको छ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : १५ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको