जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तीव्र « Khabarhub

जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तीव्र


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि भौतिक संरचनामा तीव्रता दिइएको छ। जसअनुसार खानेपानी, शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरू पढ्ने वातावरण सिर्जना गरिएको हो। सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो।

बालबालिकाहरूलाई सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिइएको अभियानका वरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए।

सन् २०१९ मा सुरु भएको उक्त परियोजनाले सन् २०२२ सम्म नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले बताए। निर्माण भएका विद्यालयहरूमा वडा नम्बर ३ मा २ वटा, वडा नम्बर ५ मा १ वटा र वडा नम्बर ६ मा २ वटा रहेका छन् भने १७ वटा विद्यालय मर्मत गरी पढ्न योग्य बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले सुनाए।

यसैगरी, पालिकाभित्र व्यवस्थित, सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ भने त्यस्तै विद्यालयमा बालमैत्री धाराहरु समेत निर्माण गरिएको छ। पाठकका अनुसार २० वटा बालमैत्री धारा निर्माण गरिएको छ।

विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन गरिएको छ। विद्यार्थी बस्न योग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापनका लागि ६ वटा विद्यालयमा काम गरिएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ४३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा