साउदी प्रो लिगमा रोनाल्डोको अर्को ह्याट्रिक  « Khabarhub

साउदी प्रो लिगमा रोनाल्डोको अर्को ह्याट्रिक 


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक गरेका छन् । रोनाल्डोले हयाट्रिक गरे अल नासरले घरेलु टोली डेमाक एफसीलाई ३–० ले सजिलै पराजित गर्‍यो ।

प्रिन्स सुल्तान विन अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियममा अभामा शनिबार राति भएको खेलमा रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।

खेलको १८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई सुरुवाती अग्रता दिलाए भने २३औं मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अल नासरलाई २–० को अग्रता दिलाए । ४४औं मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै हयाट्रिक गरे । उनको हयाट्रिकमा एमनको पासले भूमिका खेल्यो ।

रोनाल्डोले आफ्नो करिअरको ६२औं तथा अल नासरका लागि दोस्रो ह्याट्रिक पूरा गरेका हुन् । यस जितसँगै अल नासर १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : ५२ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा