अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कनमा रुकुमपूर्व दोस्रो  | Khabarhub Khabarhub

अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कनमा रुकुमपूर्व दोस्रो 


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ मा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिप्रका रुकुमपूर्वी देशभरमै दोस्रो हुन सफल भएको हो ।

कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लेखित सूचकका आधारमा स्वचालित रूपमा मूल्याङ्कन हुने प्रणाली (सिपीएएस)मा प्रविष्ट विवरणको मूल्याङ्कनबाट आर्थिक वर्ष २०७८/७९ को पहिलो अर्धवार्षिक अवधिमा दोस्रो स्थानमा रहेको हो ।

रुकुमपूर्व ७४ परिसूचकहरूमा ४०.१३ अङ्कसहित दोस्रो स्थानमा छ । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार छन् । मन्त्रालयले आगामी दिनमा पनि सम्पादन हुने सेवा र कार्यसम्पादन थप प्रभावकारी हुँदै जाने अपेक्षा लिएको छ ।

कार्यसम्पादन सम्झौताको पाँच विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण अन्तर्गतका ७४  परिसूचकमा गरी चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा जिप्रका रुकुमपूर्वले ४०.१३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो हुन सफल भएको हो ।

आगामी छ महिनामा पनि प्रथम स्थान हुने गरी कार्यसम्पादन भइरहेको साथै बेरुजुको सूचकबाहेक अन्यमा राम्रो गर्न सकिने गरी तयारी भएको जानकारी  कार्यालयका सिपीएएस सम्पर्क व्यक्ति खम्बु रावतले बताए । विगत आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को स्थानीय भत्ता र दुर्गम भत्ताको बेरुजु रकम नियमित नभएको कारण सो सूचकमा अङ्क प्राप्त गर्न नसकिने हो कि भन्ने अनुमान छ । उक्त बेरुजु रकम फर्छ्योटका लागि गृह मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा फाइल पेस भइसकेकोसमेत उनले जानकारी दिए।

पछिल्लो समयमा सो कार्यालयको कार्यसम्पादनको स्तर, कार्यालयको स्वरूप र सौन्दर्यतामा समेत परिवर्तन भएको छ भने नागरिकले सेवा प्रवाहसमेत सहज रूपमा प्राप्त भएको भन्ने सन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ११ : ०१ बजे

आज २०८२ साल कात्तिक २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा