सुन र चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार? | Khabarhub Khabarhub

सुन र चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ। साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो। आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ११ : ४५ बजे

भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न

तनहुँ – दुई सय ११औँ भानुजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–१

पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १

युरोपेली राजधानी रूसको निशानामा पर्नसक्ने क्रेमलिनको चेतावनी

मस्को – क्रेमलिनले जर्मनीमा अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्दा शीतयुद्धशैलीको भिडन्त

मधेस प्रदेशः आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित

जनकपुर – मधेस प्रदेशसभाको आजको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार

कोरला नाकामा भवन निर्माण

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा