वडास्तरीय फुटबलमा नेर्पा च्याम्पियन « Khabarhub

वडास्तरीय फुटबलमा नेर्पा च्याम्पियन


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको सोल्मा स्पोर्टस् क्लवले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा नेर्पाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमा पछि पारेको हो ।

शनिबार भएको फाइनल खेलमा निर्धारित समयभित्र दुबैतर्फबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र केपिलासगढी गाउँपालिका–४ बाक्सिला सेमीफाइनलिष्ट बनेका छन् । प्रतियोगीतामा प्रथम, दोश्रो र सेमीफाइनलिष्ट हुने टिमलाई क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

विजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । फुटबलको व्यवसायीक विकासमा टेवा पुर्‍याउने उद्धेश्यकासाथ वडास्तरिय फुटबल प्रतियोगीता आयोजना गरिएको सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । जिल्लाका विभिन्न स्थानीय तहका १८ टिम सहभागी प्रतियोगीता गत फागुन ६ गते प्रतिनिधिसभा सदस्य रामकुमार राईले उद्घाटन गरेका थिए ।

स्थानीयको अग्रसरतामा सोल्मामा निर्माण गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । खेलमैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगीता अवरुद्ध भएकोमा खेलमैदानको काम सकिएपछि पुःन फुटबल प्रतियोगीतालाई निरन्तरता दिइएको क्लवका अध्यक्ष राईले बताए ।

वडास्तरीय फुटबल प्रतियोगीता समापन अवसरमा सञ्चारकर्मी मनोज आचार्यलाई पाँच हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोही कार्यक्रममा रितोरियो कराते खेलाडी विद्याकला राई नगद एक लाखसहित सम्मानित भएकी छन् । खेलकुदको माध्यमबाट जिल्ला र परिवारको नाम फैलाएको भन्दै मावली विक्रम परिवारले विद्याकलालाई नगद सहित सम्मान गरेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १२ : ४१ बजे

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले