राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न केपी ओलीको अपिल « Khabarhub

राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न केपी ओलीको अपिल


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका छन् ।

सहिद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाको सम्मानमा ‘हाम्रो चम्किलो तारा’ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा उनले देशको हितका लागि पनि एमालेलाई मतदान गरिनुपर्ने जिकिर गरे ।

उनले भने, “अहिले राष्ट्रपतिको निर्वाचन आइरहेको छ, मतदान देशका लागि हुनुपर्छ । जनमतले पनि एमाले उम्मेदवारलाई सहयोग गर्नुपर्छ । किनकी एमाले देश, जनता, राष्ट्रिय स्वाधीनता, भौगोलिकताको संवर्द्धनका लागि हो । त्यसैले राष्ट्रपतिको मतदानमा एमालेका उम्मेदवारलाई मतदान गर्न म मतदातालाई आग्रह गर्न चाहन्छु ।”

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी मनोनयन गरेका छन् । एमाले अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी देशी र विदेशी प्रतिक्रियावादी शक्तिबाट खेदिएको आरोप लगाए । “अहिले सबभन्दा बढी विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी शक्तिबाट एमाले खेदिएको छ”, उनले भने ।

उनले विभिन्न बहानामा आन्दोलन र द्वन्द्व भएपनि पीडितले अझै न्याय पाउन नसकेको भन्दै सहिद, बेपत्ता र घाइते परिवारलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले विभिन्न आन्दोलनका घाइतेको उपचार र पीडितलाई राहत दिन पार्टीले पहलकदमी लिने पनि उल्लेख गरे ।

उनले नेपालमा थुप्रै खाले आन्दोलनबाट धेरै सङ्ख्यामा सहिद र बेपत्ता भएको भन्दै सरकारले उनीहरूको पहिचान र पीडितलाई राहत दिनुपर्ने धारणा राखे । देशका लागि लडेका योद्धा सहिदको सपना साकार पार्न सबै लाग्नुपर्नेमा उनको जोड थियो ।

संस्थाको शुभारम्मसँगै राम्रो कामको थालनी भएकामा प्रशंसा गर्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । सो अवसरमा एमाले अध्यक्ष ओलीले संस्थामा अक्षयकोषका लागि रु दुई लाख सहयोगको घोषणा गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ४० बजे

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय