पाकिस्तानमा बम विष्फोट : चारको मृत्यु, दश जना घाइते « Khabarhub

पाकिस्तानमा बम विष्फोट : चारको मृत्यु, दश जना घाइते


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

एजेन्सी :  पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बर्खान जिल्लाको व्यस्त रुक्नी बजारमा विस्फोट भएको हो । स्थानीय प्रतक्षदर्शीका अनुसार मोटरसाइकलमा राखिएको विष्फोटक पदार्थलाई रिमोट कन्ट्रोल डिभाइसले विष्फोट गराइएको थियो ।

घटनास्थलमा प्रहरी, सुरक्षाकर्मी र उद्धार टोली पुगेपछि मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । उक्त क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसअघि शनिबार साँझ बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात आतङ्ककारीले सडक छेउमा रहेको बम प्रहार गर्दा दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : २९ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको