राजनीतिकमा थप चुनौती थपिएको छ : अध्यक्ष नेपाल « Khabarhub

राजनीतिकमा थप चुनौती थपिएको छ : अध्यक्ष नेपाल


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नयाँ राजनीतिक अवस्था सिर्जना भएसँगै देश तथा पार्टीका लागि थप चुनौती बढेको बताएका छन् ।

धनुषाको लालगढमा आज आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले चुनौतीको सामना गर्नका लागि पार्टी एक ढिक्का भएर अगाडि बढिसकेको बताएका हुन् । आठ दलको समर्थनसहित राष्ट्रपति पदका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको बताए ।

अध्यक्ष नेपालले नयाँ अवस्था सिर्जना भएर आठ दलको समर्थन कांग्रेसका उम्मेदवारको पक्षमा भएकाले राष्ट्रपति पदमा अपेक्षित परिणाम आउन लागेको जानकारी गराए । स्थानीय, प्रदेश तथा सङ्घीय चुनाव हुनुभन्दा केही समय अगाडि मात्र पार्टीको निर्माण भएकाले अपेक्षाअनुसार परिणाम नआएको बताउँदै उनले एकमहिने पार्टी सुदृढीकरणले पार्टीको सङ्गठन सुधार र मजबुत हुने जानकारी गराए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ०८ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला