गोसाइँकुण्ड क्षेत्रमा हिमपात « Khabarhub

गोसाइँकुण्ड क्षेत्रमा हिमपात


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आज हिमपात भएको छ । फाट्टफुट्ट वर्षासँगै परेको हल्ला हिमपातले लौरी विनायक, चन्दनबारी, यार्सा माथिको भञ्ज्याङ हाकुमाथीको डाडालगायतका क्षेत्रमा हिमपात भएको हो ।

प्रत्येक वर्ष मङ्सिरको अन्तिम सातादेखि नै सेतै हुने लौरी विनायक क्षेत्र यस वर्ष भने आज मध्यानदेखि मात्र सेतै भएको छ । आज परेको हिउँ अत्यन्तै पातलो भएका कारण चाँडै विलय हुने स्थानीय बासिन्दाले आँकलन गरेका हुन् । बेसीँ भागमा खासै पानी नपरेको स्थानीय किसानले जनाएका छन् । समयमा पानी नपरेको कारण गहुँ तथा जौजस्ता हिउँदे बालीमा नकारात्मक असर परेको यार्साका रामकाजी तामाङले बताए।

दक्षिणी भेकको बनुवा, पहिरेबेँसी, कुडुले जिबजिबेको फाँटजस्ता सीञ्चित क्षेत्रको जमिनमा रोपिएको आलु तथा तोरी किसानले भित्र्याउन थाली सकेको जीवजीवे क्षेत्रका समाजसेवी चीरञ्जीवी पौडेलले जानकारी दिए ।

उत्तरी रसुवामा लगाइने वर्षे आलु भने रोप्ने कार्य धमाधम अगाडि बढेको छ । स्थानीय किसानका अनुसार लेकाली जमिनमा कृषि उपज तयार हुन लामो समय लाग्ने र जमिनमा चिसोपन नभए पनि छिट्टै वर्षा होला भन्ने अपेक्षाका साथ कृषि कार्य अगाडि बढाइएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : २४ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता