नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना सुरू « Khabarhub

नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना सुरू


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नाइजेरियामा ऐतिहासिकरूपमा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको एक दिनपछि आइतबार मतगणना सुरू भएको छ । हिंसा, विलम्ब र प्राविधिक गडबडीका केही घटनाहरूको बाबजुद मतदान प्रायः शान्तिपूर्ण थियो, र नागरिकहरू मतगणना अवलोकन गर्न र मतपत्रहरूको ‘रक्षा’ गर्न धेरै स्थानहरूमा राति अबेरसम्म जाग्राम बसेका थिए ।

मत धाँधलीको इतिहास रहेको देशमा अनलाइनमा ढिलो गरी नतिजा अपलोड गर्नाले चुनावी धाँधलीको आशङ्का पनि व्यक्त गरिएका छन् ।

सुरक्षा र बढ्दो गरिबीका कारण दुई कार्यकालपछि पदबाट राजीनामा दिन लागेका राष्ट्रपति मोहम्मद बुहारीको उत्तराधिकारीका लागि शनिबार करिब नौ करोड मतदाताले मतदान गरेका छन् ।

चुनावमा लागोसका सत्तारुढ अल प्रोग्रेसिभ्स काङ्ग्रेस (एपीसी) का सत्तरी वर्षीय पूर्वगभर्नर बोला तिनुबु र पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) का पूर्वउपाध्यक्ष तथा पुराना प्रतिद्वन्द्वी अतिकु अबुबकरसँग प्रतिस्पर्धा गर्दै छन् ।

तर सन् १९९९ मा सैन्य शासनको अन्त्यपछि पहिलो पटक तेस्रो पक्षका उम्मेदवार लेबर पार्टीका पिटर ओबीले एपीसी र पीडीपीको प्रभुत्वलाई परिवर्तनको अभियान सन्देश दिएर चुनौती दिएका छन्।

एक लाख ७६ हजारभन्दा बढी मतदान केन्द्रमा सम्पन्न नाइजेरियाको संसद्को दुई सदन नेसनल एसेम्ब्ली र सिनेटका लागि पनि मतदान भएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ४१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने